- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरकाँग्रेसमा कुनै गुट उपगुट छैन

काँग्रेसमा कुनै गुट उपगुट छैन

- Advertisement -spot_img

तुलसीपुर, ३ मंसिर । नेपाली काँग्रेस दाङले उपनिर्वाचनका लागि नेता कार्यकर्ता एक भएर लागेको बताएका छन् । पार्टी सभापति कीर्तिबहादुर खड्काले काँग्रेस एक भएर चुनावी अभियानमा होमिएको बताए ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा काँग्रेसका तर्फबाट दाङ क्षेत्रन ३ (ख)मा काँग्रेसले पार्टीभित्रका एकजना पुराना, र लोकप्रिय नेता केशव आचार्यलाई टिकट दिएपछि नेताहरू गुट उपगुट त्यागेर एक भई निर्वाचनमा होमिएका हुन् ।
यस अघिका निर्वाचनमा देखिदै आएको पार्टीभित्रको गुट उपगुट अहिले अन्त्य भइसकेको नेताहरूले नै विभिन्न चुनावी सभामा घोषणा गर्दै हिडिरहेका छन् । नेताहरूले सार्वजनिक समारोहमा प्रतिवद्धता जनाउन लागेपछि कार्यकर्ताहरूमा थप हौसला बढेको देखिएको छ ।
काँग्रेसमा भित्रिनेहरूको पनि अहिले लहर लागेको छ । पार्टीभित्रको एकता देखेर बाटो बिराएकाहरू र अर्काे पार्टीमा रहेकाहरू समेत पार्टी प्रवेश गरिरहेको देखिएको छ ।
‘दाङ काँग्रेसमा अब कुनै पनि गुट उपगुट छैन हामी सबैलाई एकसाथ लिएर निर्वाचनमा होमिएका छौँ’ पार्टी सभापति कीर्तिबहादुर खड्काले भने सभापतिले अहिलेसम्मको सबै शक्ति परिचालन भएको छ हामीले उम्मेदवार पनि गाउँघर, चुलोचौको र हरेक जनताको सुख,
दुःखमा सेवा गरेका पुराना, त्यागी र पार्टीभित्र र समाज रूपान्तरणमा निरन्तर संघर्ष गर्दै आएको भएकाले जनताले पनि विश्वास मानिरहेका छन् ।
त्यस्तै पार्टीभित्रका केही पुराना नेताहरूले यसपटकको निर्वाचनले काँग्रेसमा एकताको सन्देश दिन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । यसपटकको निर्वाचनको नतिजा केशवजीको पोल्टामा परिसकेको छ झन खुशीको कुरा त केशवजीले लामो समयदेखि टुटे फुटेको काँग्रेसलाई एक गराउन सफल भएका छन् ।
विभिन्न चुनावी सभामा बोल्ने नेताहरूले जनतामा झुटको खेती र अनावश्यक सपना बाँड्दै हिडेको नेकपालाई यसपटकको पार्टीभित्रको एकता र उम्मेदवारको लोकप्रियताले झनै चुनौती थपिएको बताएका छन् ।
उनीहरूले अब नेकपाका हावादारी कुरामा पार्टीभित्रकै कार्यकर्ताले पनि विश्वास जनातले विश्वास गर्न छोडिसकेको बताए । राष्ट्रको लागि लोकतन्त्रको रक्षाको लागि काँग्रेस नै आवश्यक हुने भएकाले आफूले काँग्रेसमा प्रवेश गरेको रेश्मा डाँगीले बताइन् ।
चुनावी सभाहरूमा सोमबारसम्म पश्चिम दाङमा मात्रै करिब चार हजार बढी नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए ।
सोमबार तुलसिपुर उपमहानगरपालिकाकाअन्तर्गत वडा नम्बर १ र २ का विभिन्न वडामा भएका चुनावी सभालाई सम्बोधन गर्ने काँग्रेस नेताहरूले विभिन्न ऐतिहासिक आन्दोलनको नेतृत्वकर्ता केशवराज आचार्यको जित नै दङ्गालीहरूको जित रहेको बताएका थिए ।
केन्द्रीय सदस्य दिपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा सालिन ब्याक्तित्व केशव आचार्यको जित नै दङ्गालीहरूको जित हुने बताए । गिरीले पश्चिम दाङको विकास काँग्रेस नेतृत्वको सरकारले गरेको दाबी गर्दै फेरि पनि काँग्रेसले विकास गर्ने दिन आउन लागेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस उम्मेदवार आचार्यले आफू र नेपाली काँग्रेसलाई विश्वास गर्न आग्रह गरे । कुनै पनि हालतमा विश्वास टुट्न नदिने प्रतिबद्धता ब्यक्त गरे ।
साथै उनले कम्युनिस्ट सरकार लर्बराउन लागेको भन्दै सरकारको खबरदारीका लागि पनि यसपटक नेपाली काँग्रेसले जित्नुपर्ने बताए । कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, पूर्व सांसद गेहेन्द्र गिरीले रूखमा मतदान गर्न अपिल गरे ।
कार्यक्रममा सल्यानका पूर्व सभापति डिल्ली रेग्मी, शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी, क्षेत्रीय सभापति जगत बहादुर खड्का, नेताहरू खिम प्रसाद खराल, वडा नम्बर २ का वडा अध्यक्ष राजु आचार्य, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल,
युवा नेता सुरेश हमाल, क्षेत्रीय उपसभापति प्रमोद बस्नेत, घनश्याम सेर्पाईली, देविका नेपाली, डिभि भट्टराई, यमि न्यौपाने, नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष टोपेन्द्र बुढाथोकी, कल्पना केसी, नुमा न्यौपाने, ईश्वरी गिरी, खिम बिक लगायतले बोलेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here