- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरकाँग्रेसको महासमिति बैठक शुरु

काँग्रेसको महासमिति बैठक शुरु

- Advertisement -spot_img

काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसले निर्वाचन भएको तीन वर्षपछि महासमिति बैठक शुरु भएको छ । काठमाडौँमा भव्य समारोहका बीच पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन् ।
‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शका रुपमा अघि सार्दै आएको छ । काँग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरेको छन् । पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र चल्नेछ । २०७२ सालमा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । पार्टीको महाधिवेशनपछिको सर्वाेच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान बनाउने काँग्रेसजनको अपेक्षा छ । बैठक उद्घाटन समारोहमा बोल्ने नेताहरुले सबैलाई एकजुट हुन आग्रह गरेका छन् । उनीहरुले काँग्रेसको सत्रु बाहिर नभएको भन्दै पार्र्टी र कार्यकर्तालाई एक बनाउन सक्नुपर्ने बताए । बैठकमा सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी छन् । मञ्चको अग्रभागमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कुलबहादुर गुरुङ, नरहरि आचार्य, सुजाता कोइरालालगायतका नेताको बसाई व्यवस्थापन गरिएको छ ।
बैठकको प्रवेशद्वार अगाडि नेपाली काँग्रेसको स्थापनाकालदेखि हालसम्मका महत्वपूर्ण घटनाक्रमसँग सम्बन्धित नेताहरुको तस्बिर अवलोकनका लागि राखिएको छ । बैठक उद्घाटनस्थल वरपर काँग्रेसका झण्डा र आदर्श नारा लेखिएका फ्लेक्स टाँगिएका छन् । उद्घाटन लगत्तै शुरु हुने बन्दसत्रमा विभिन्न पाँच विषयका दस्तावेज पेश हुनेछन् । बैठकमा उपसभापति निधिले राजनीतिक, महामन्त्री डा कोइरालाले सांगठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here