- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयकाँग्रेसको जनजागरण

काँग्रेसको जनजागरण

- Advertisement -spot_img

नेपाली काँग्रेस अहिले जनजागरण अभियानमा छ । बैशाख २५ गतेदेखि देशभर जनजागरण अभियान सुरु गरेको काँग्रेसले पहिलो दिनको कार्यक्रम सबै जिल्लाहरुमा राम्रै गरेर सकेको छ । पार्टीको सुदृढीकरण,
वर्तमान सरकारको गतिविधिको खबरदारी र पार्टीको सन्देश आम नागरिकसम्म पु¥याउन काँग्रेसको जनजागरणले मद्दत पु¥याउने तर्क काँग्रेस नेतृत्वले गर्दै आएको छ । जनजागरण अभियान सुरु गर्दै गर्दा काँग्रेस नेतृत्वले दिएको सन्देश पनि त्यहि नै देखिएको छ ।
जागरण अभियानले काँग्रेसको माहोल गाउँस्तरसम्म पु¥याउने र आफ्ना गतिविधिहरुलाई जनतामाझ लैजाने उद्देश्य देखिन्छ । अभियानलाई व्यवस्थित बनाउँदै लगिए पार्टीको विचार पनि सबै सामू नपुग्ने कुरा नै भएर । तर आन्तरिक किचलोमा रहेका काँग्रेसले यो अभियानले सार्थकता पाउँछ की पाउँदैन त्यो पछिको विषय भयो ।
संसदमा कमजोर प्रतिपक्षको रुपमा देखिएको काँग्रेसलाई जनजागरण अभियानले माथि ल्याउला या नल्याउला त्यो पछिको विषय होला । तर जनतासँगको क्रियाशीलता र सम्पर्कले केही न केही फरक भने पार्ने छ ।
संसदमा दुई तिहाई सरकारका सामू निरिह बनेको काँग्रेस जनतामाझमा जानु उसको बुद्धिमता हो । यो बुद्धिमतालाई सही रुपमा प्रयोग गर्ने सक्नुपर्छ । पार्टीभित्रकै गुट–उपगुट तथा आन्तरिक किचलोले पार्टीको एकै धारणा सार्वजनिक गर्न नसक्ने काँग्रेसले जनतामाझ पु¥याउने मुद्दामा पनि त्यो समस्या नआउन भन्न सकिदैन ।
तर गुटको अत्य गरेर पार्टीभित्रकै एकताको वातावरण निर्माण गरेर त्यहि सन्देश जागरण अभियानमार्फत नागरिकसम्म पु¥याउन सक्नुपर्छ । गुटका कारण काँग्रेस आलोचनामा जानु हँुदैन ।
यसअघि पनि काँग्रेसले पार्टीलाई सुदृढीकरणका लागि विधानसमेत संशोधन गरेर लिइनुले पनि पार्टीभित्र नयाँ हलचल पैदा गरेको थियो । प्रजातन्त्र र लोकतन्त्रको हिमाहित आफूलाई ठान्ने काँगेसभित्र केही वर्षदेखि नै लोकतान्त्रिक चरित्रभन्दा गुटतान्त्रिक चरित्र हावी भएको आरोप लाग्दै आएको छ । पार्टीभित्रको गुटतन्त्रले नेतृत्वलाई त विभाजन गरेको छ ।
नै कार्यकर्ताहरु समेत विभाजित हुँदै जानुले काँग्रेसको जागरण अभियानको प्रभावकारिता के भन्ने सोच्नुपर्छ ।
कमजोर प्रतिपक्षको रुपमा देखिएको काँग्रेसले आफनै संगठनलाई बलियो बनाउन नसक्दा विभिन्न समयमा आलोचना खेप्दै आइरहेको छ । यो अवस्थामा जुरमुराएको काँग्रेसले पाटी र देशलाई क्रियाशील बनाउन सक्ला त भन्ने तर्कसमेत हुनु स्वभाविक नै हो ।
जहाँ जस्तो तर्क रहे पनि तीन चरणमा गर्न लागेको जागरण अभियानले भने केही न केही फरक पार्ने छ । जागरण अभियानलाई जागरणकै रुपमा लैजान सक्नेको भने कार्यकर्ता र आम नागरिकमा पनि त्यसको सकारात्मक प्रभाव आउने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here