काँग्रेसको क्षेत्रीय समितिको बैठक

राजनीति

तुलसीपुर, ११ बैशाख । नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को बैठक तुलसीपुरमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति जगतबहादुर खड्काको सभापतित्वमा बसेको क्षेत्रीय समितिको बैठकले विभिन्न निर्णणहरु गरेका छन् ।
बैठकले केन्द्रीय निर्देशन अनुसार जिल्लामा हुन लागेको जनजागरण अभियानलाई तिव्रता दिने निर्णय गरेको छ । आज हुने कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
त्यसै गरेर बैठकले क्रियाशील सदस्यतालाई व्यवस्थित गर्ने, गाउँ नगरस्तरमा पार्टीका गतिविधि बढाउन प्रतिनिधि तोक्ने र पालिकास्तरमा नियमित बैठक बसाउनेलगायतका विषयमा निर्णय गरेको छ । बैठकको सहजीकरण सचिव खिमबहादुर वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *