Thursday, March 28, 2024
Homeराजनीतिकाँग्रेसको क्रियाशीलता

काँग्रेसको क्रियाशीलता

- Advertisement -spot_img

नेपालका ठूला दलका रूपमा रहेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकीकरण भएका छन् । दुई कम्युनिष्ट पार्टीको एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीको नामाकरण गर्दै इतिहासमै सबैभन्दा शक्तिशाली र ठूलो पार्टी बनाइएको छ । निर्वाचनदेखिको सहकार्यलाई यसै साता दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण घोषणाले प्रजातान्त्रिक धारमा रहेका काँग्रेस लगायतका शक्तिहरूमा केही हलचल पैदा गराएको छ भने एकीकरण भएको पार्टीका नेताहरुले दम्भको भाषा बोल्नसमेत थालेका छन् । माओवादी एमाले एकीकरणपछि काँग्रेसमा भने केही क्रियाशीलता देखिएको छ ।

काँग्रेसलाई थप बलियो बनाउन दाङका काँगेस नेता तथा कार्यकर्ता गाउँ पस्ने घोषणा गरेका छन् । दुई ठूला पार्टी एकीकरण भएपछि काँग्रेसलाई थप चुनौति थपिएको भन्दै काँग्रेसलाई थप सशक्त बनाएर गाउँ अभियान सुरु गर्न लागिएको देखिएको छ । देशको समृद्धिका लागि ठूला पार्टीहरुले पार्टी एकीकरण र क्रियाशीलतासँगै अब विकासमा पनि प्रतिस्पर्धा गरेर जान सक्नुपर्छ ।


कम्युनिष्ट पार्टीहरुको एकीकरणसँगै नेपाली काँग्रेसमा केन्द्र हँुदै जिल्ला र भातृ संगठनमा समेत अहिले गतिविधि बढ्न थालेका छन् । दाङमा एकै दिन नेपाल तरुण दलले जिल्लस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो भने काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको प्रदेश भेला दाङमै भयो । निर्वाचनमा नराम्रो गरी हार व्यहोरेको काँग्रेसले जिल्लामा निर्वाचनको समीक्षा समेत नगरिरहेको बेला एकाएक जिल्ला र प्रदेशस्तरीय कार्यक्रम सुरू भएका छन् । यो अवस्थाले काँग्रेसलाई अब क्रियाशीलता बनाउन लागिएको हो कि भन्ने देखिएको छ । निर्वाचन हारेर सुतेको काँग्रेस एकाएक एमाले माओवादी एकीकरणपछि ब्यूँझिएको छ । यति मात्रै हैन युवाहरुलाई निर्वाचनमा परिचालन ब्यवस्थापन राम्रो नगरेको काँग्रेसले काँग्रेसका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा युवा नै पार्टीको आधार भएको भन्दै जिम्मेवार नेताहरूले रक्तसञ्चार नै युवा भएको टिप्पणी गर्न भ्याएका छन् । काँग्रेसले देखाएको क्रियाशीलताले अब कार्यकर्तालाई उर्जाशील क्रियाशील, जागरूक र सशक्त बनाउँछ की बनाउँदैन त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । तर सुतेको काँग्रेसलाई एकीकरणले भने बुझाएको पक्कै हो ।
काँग्रेसलाई थप बलियो बनाउन दाङका काँगेस नेता तथा कार्यकर्ता गाउँ पस्ने घोषणा गरेका छन् । दुई ठूला पार्टी एकीकरण भएपछि काँग्रेसलाई थप चुनौति थपिएको भन्दै काँग्रेसलाई थप सशक्त बनाएर गाउँ अभियान सुरु गर्न लागिएको देखिएको छ । देशको समृद्धिका लागि ठूला पार्टीहरुले पार्टी एकीकरण र क्रियाशीलतासँगै अब विकासमा पनि प्रतिस्पर्धा गरेर जान सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here