- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरकल्याणकारिणी सभाको विभाग गठन

कल्याणकारिणी सभाको विभाग गठन

- Advertisement -spot_img

घोराही, १२ असोज । थारु कल्याणकारिणी सभा दाङले विभिन्न छवटा विभाग गठन गरेको छ । थारु कल्याणकारीका सभापति भुवन चौधरीको सभापत्वमा शनिबार घोराही बसेको बैठकले साँस्कृतिक विभाग संयोजक शालिकराम चौधरी, युवा तथा खेलकुद विभाग संयोजक प्रणव चौधरी, शिक्षा तथा स्वास्थ विभाग संयोजक श्रीराम दहित, प्रचारप्रसार तथा संगठन विभाग संयोजक प्रकाश चौधरी, महिला विभाग संयोजक रामपती चौधरी तथा आर्थिक विभाग संयोजकमा समिता चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले रिक्त सदस्यमा शनिराम चौधरी, भरतलाल चौधरी, बसन्ती चौधरी, दिपक चौधरी, भगवती चौधरीलाई जिल्ला सदस्यमा मनोनित गरेको छ । विशेष अवस्थामा सभाको गतिविधि सुचारु राख्न पाँच सदस्यीय सचिवालयसमेत गठन गरेको छ ।
जसको संयोजक भुवन चौधरी तथा रामपती चौधरी, प्रकाश चौधरी, प्रणव चौधरी, अशोक चौधरी सदस्य रहेको अरविन्द चौधरीले बताए । बैठकले कल्याणकारीको वार्षिक मुखपत्र ‘सल्गी’ तथा थारू भाषामा भित्तेपात्रो प्रकाशन र हालै सम्पन्न थारु पत्रकार संघ जिल्ला तथा केन्द्रीय समितिमा नवनिर्वाचित पदाधिकारीहरुलाई असोज १८ गते शनिबार पत्रकार महासंघ घोराहीमा दसैँ, तिहार शुभकामना आदानप्रदान तथा बधाई शुभकामना दिने निर्णय गरेको छ ।
त्यसैगरी दाङका दशवटै स्थानीय तहमा थारु भाषालाई दैनिक कामकाजी भाषाको रूपमा कार्यान्वयन गराउन युवा संयोजक प्रणव चौधरीको नेतृत्वमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरिएको सभापति चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here