- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरकलेजका विद्यार्थीद्वारा सहयोग

कलेजका विद्यार्थीद्वारा सहयोग

- Advertisement -spot_img

घोराही, ८ माघ । राप्ती इन्जिनियरिङमा अध्यनरत विद्यार्थीहरुले हातखुट्टा गुमाएका कृष्ण ओलीलाई सहयोग गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरुद्वारा संकलन गरेको सहयोग रकम अभियानका संयोजक देवराज कार्कीले जानकारी दिए ।
पहिलो बर्ष बिई सिभिलको विद्यार्थीका तर्फबाट ५ हजार ७ सय २०, दोस्रो बिई सिभिल ४ हजार ६ सय २५, तेस्रो बिई सिभिल ७ हजार ७ सय, चौथो बिई सिभिल एक हजार, दोस्रो बिसिएको तर्फबाट ६ सय ५ र शिक्षक तथा कर्मचारीका तर्फबाट ९ हजार २ सय ८० रुपैयाँ गरी जम्मा २८ हजार ९ सय ३० रुपैयाँ सहयोग प्रदान गरेको कार्कीले जानकारी दिए । संकलित सहयोग रकम एक कार्यक्रमका बीच पीडित कृष्ण ओलीलाई हस्तान्तरण गरिएको थियो । सहयोग संकलन अभियानका संयोजक देवराज कार्कीले कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीलाई पैसा जम्मा गरेको भौचर हस्तान्तरण गरेका थिए । त्यस अवसरमा बोल्दै निर्देशक गिरीले समाज ओलीको उपचारका लागि सहयोग प्रदान गरेको बताए ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गिरीले अप्ठेरोमा परेकालाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हुने उल्लेख गरे । कलेजमा अध्ययनरत विद्यार्थीले खाजा कटाएर दिएको पैसा ओली परिवारलाई सहयोग गरेको बताए । सहयोग संकलन अभियानका संयोजक देवराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विकास जिसीले गरेका थिए । इलेक्ट्रिक सवइन्जिनियर ओली रुकुम सिम्लिका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here