तुलसीपुर, १४ चैत । नेपाल नेत्रज्योति संघले सन् २०२४ सम्म प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा आँखा स्वास्थ्य कार्यक्रमलाई आत्मनिर्भर बनाउने भएको छ ।
संघले बुधबार स्थापना दिवसको अवसरमा तुलसीपुरमा गरेको कार्यक्रममा दृष्टिविहीनताको सर्वेक्षणमा भेटिएका दृष्टीविहीनलाई दृष्टि प्रदान गर्ने लक्ष्य रहेको जनाएको हो ।
संघले गरेको सर्वेक्षणमा भेटिएका दृष्टीविहीनले अझै पनि उपचार पाउन नसकेको राप्ती तथा बहादुरगंज आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत समशेर थापाले जानकारी दिए ।
सन् २०२४ सम्म कर्णाली र प्रदेश नम्बर ५ का करिब ४० हजार बढीलाई मोतीविन्दुको समस्यामा रहेको भन्दै तिनलाई अप्रेसन गर्ने लक्ष्य रहेको बताए । त्यसको लागि उनले प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।
उनले कर्णाली प्रदेशमा ९ हजार मोतीविन्दुको अप्रेसन गर्ने तथ्याङ्क भेटिएको र प्रदेश ५ मा ३० हजार रहेको भन्दै प्रदेश सरकारले सहयोग गरेरमा चार वर्षमा मोतीविन्दु अत्य गर्न सकिने बताए ।
संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र कपिलवस्तुको छन्द कालेबाबु बहादुरगंज आँखा अस्पतालले विपन्न गरिबलाई केन्द्रित गरेर आँखा उपचार कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
उनले अब कर्णाली प्रदेशमा पनि यो अभियानलाई लैजाने बताए । अस्पतालको टीमको लगनशीलताले राप्तीमा अन्धोपन कम भएको भन्दै यो जाँगर बढ्नु पर्ने बताए ।
दाङको राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र कपिलवस्तुको छन्द कालेबाबु बहादुरगंज आँखा अस्पतालमा नेत्र अध्ययन केन्दको रुपका विकास गरिने भएको छ ।
सन् २०२४ सम्म कर्णाली र प्रदेश नम्बर ५ का करिब ४० हजार बढीलाई मोतीविन्दुको समस्यामा रहेको भन्दै तिनलाई अप्रेसन गर्ने लक्ष्य रहेको छ ।
राप्ती आँखा अस्पताललाई आँखा शिक्षा अध्ययन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले नेत्र सहायकको पढाइसमेत सञ्चालन गएिको अस्पतालले बताएको छ ।
नेपाल नेत्रज्योती संघअन्तर्गतको आँखा अस्पताललाई शिक्षक थलोको रुपमा विकास गर्न लागिएको बरिष्ठ प्रशासक शम्शेर बहादुर थापाले बताए । अहिले आँखा अस्पतालमा नेत्र सहायकको पढाइ सुरु भएको छ ।
आँखा अस्पताललाई आधुनिक सेवाको रुपमा स्थापित गर्न र आत्मनिर्भर भएर अस्पताल सञ्चालनका लागि लागिरहेको भन्दै २०२४ सम्ममा आत्मनिर्भर भइसक्ने थापाले बताए ।
नेत्र अध्ययन केन्द्र स्थापना गर्न गुरुयोजना तयार बनाएका छौँ, हाम्रो प्रयासले मात्र सफल हुँदैन् तर सरकारले आर्थिक सहयोग गर्नुपर्छ, अधिकृत थापाले भने ।
गुरुयोजना अनुसार विभिन्न संरचना निर्माणका लागि राप्ती आँखा अस्पतालका लागि ५८ करोडको पूर्वाधार निर्माण गर्ने गरी गुरुयोजना तयार पारिएको उनले बताए ।
लमही आँखा अस्पतालमा ६५ करोडको गुरुयोजना निर्माण गर्न लागेको उनले बताए । ‘तीन वर्षे एकाडेमिक कोर्षमार्फत नेत्र सहायक उत्पादन गरेर नेत्र विशेषज्ञको तालिम प्रदान गर्नेछौँ’ अधिकृत थापाले भने,
‘तीन वर्ष अघिदेखि नेत्र सहायकका लागि करिब ११८ जनाले अध्ययन गरिरहेका छन्, राप्ती प्राविधिक शिक्षालय र राप्ती आँखा अस्पतालबीच संयुक्त सहकार्यमा नेत्र सहायक कोर्ष सञ्चालन भएको छ ।’
तीनवर्षे कोर्षमा प्रथम वर्ष प्राविधिक शिक्षालयमा पढाउने र बाँकी दुई वर्ष अस्पतालमा पढाउने अधिकृत थापाले बताए । आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माण सुरु भएको र त्यो पूरा गर्न सहयोगको आवश्यकता रहेको बताए ।
यसैबीच नेपाल नेत्रज्योति संघ दाङले आफ्नो ४१औँ स्थापना दिवस मनाएको छ । २०३५ साल चैत्र १३ गते स्थापना भएको संघले बुधबार बिहान प्रभातफेरी तथा अन्तरक्रिया गरेर ४१औँ स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा पुरुषको तुलनामा महिलामा आँखाको समस्या धेरै देखिएको राप्ती तथा बहादुरगंज आँखा अस्पतालका प्रमुख डाक्टर सुलक्ष्मी कटुवालले बताइन् ।
कार्यक्रमको सहजीकरण संघका सचिव सुरेन्द्र बहादुर खड्काले गरेका थिए । कार्यक्रममा रेश्मीराज कङ्गाली, नारायण खडका, आरती चौधरी लगायतले बोलेका थिए ।