कर्णालीमा गरिबी हट्छः मन्त्री केसी

मुख्य खबर राजनीति समाज

सल्यान, ३० पुस । कर्णाली प्रदेशकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विगतमा कर्णालीका जनतालाई धेरैले बेचेर खाने भाडो बनाएको र अब कुनै पनि तवरले कर्णालीका जवतालाई गरिब देखाएर खाने, विशेषगरी कर्णालीबासी भित्रको गरिबी बेचेर खाने अधिकार कसैलाई नभएको बताएकी छन् । उनले बिगतमा कर्णालीका जनताको नाममा गरिबी बेचेर धेरैले खाएको बताउदैँ अब भने कर्णालीको गरिबी बेच्ने अधिकार कसैलाई नभएको बताइन् । आइतबार नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ‘कर्णालीमा गरिबी छ, यहाँका जनता गरिब छन्, बेरोजगारीहरु पनि धेरै छन्’ उनले भनिन् ‘तर बिगतमा जसरी कर्णालीको गरिबी बेचेर अब कसैले पनि खान पाईदैन् ।’ ‘कर्णालीमा थुप्रै समस्या छन्, भौगोलिक बिकटता छ, चुनौती पनि त्यत्तिकै छ, हामी विभिन्न अवरोधहरुलाई पार लगाउदैँ विकसित कर्णाली बनाउने अभियानमा जुटेका छौँ कर्णालीलाई सबल बनाउन सबै एकजुट हुन जरुरी रहेको पनि बताइन् । कर्णाली प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले हरेक क्षेत्रको विकासमा डुब्लीकेशन नहुने गरेर काम गर्ने बताइन् । ‘केन्द्र सरकारले ठूला आयोजनाहरु सञ्चालन गर्छ, प्रदेश सरकारले मझौला योजनाहरु सञ्चालन गर्छ, स्थानीय सरकारले साना योजनाहरु सञ्चालन गर्छ, हामीले विकास निर्माणका योजनाहरुलाई डुब्लीकेशन हुन दिन्नौँ, यस बिषयमा कर्णाली प्रदेश सचेत छ’ उनले भनिन् ।
उनले कर्णाली प्रदेश सरकारले हरेक योजनाहरुमा आर्थिक अनियमितता हुन नदिने घोषणा पनि गरिन् । बजेटलाई परिणाममुखी तरिकाले खर्च गर्ने बताउदैँ उनले हरेक क्षेत्रमा पारदर्शीकता कायम गर्ने बताइन् । उनले विकास निर्माणका हरेक कामहरुमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिइन् । नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष प्रगती गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले कर्णालीमा कृषिको सम्भावना धेरै भएकाले कृषिको माध्यमबाट कर्णालीको विकास गरिने बताइन् । उनले कृषकहरुलाई कृषिमा आकर्षित गर्न प्रदेश सरकारले अनुदानसहितका विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइन् । उनले गरिब किसानहरुका लागि गरिब किसान हातेमालो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेट नै बिनियोजन गरेको बताइन् । नेपाल पत्रकार महासंघकी सदस्य सरिता चलाउनेको स्वागत मन्तब्यबाट शुरु भएको सम्मेलनको सहजीकरण कोषाध्यक्ष योगराज बाइकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *