करेन्ट लागेर घाइतेको उपचारको लागि सहयोग

फिचर मुख्य खबर समाज

घोराही, २३ असार । घोराही ग्रील तथा स्टिल व्यवसायी संघले करेन्ट लागेर घाइते भएका हेमराज विष्टलाई उपचारको लागि सहयोग गरेको छ । संघले सोमबार एक कार्यक्रमको ५१ हजार ५५ रुपैयाँ सहयोग गरेको हो ।
उपचारमा सानो भए पनि सहयोग मिलोस् भनेर सहयोग गरिएको संघले जनाएको छ । सहयोग रकम विष्टले कार्य गदै आएका ग्रील उद्योगका सञ्चालक रविन केसीलाई हस्तान्त्रण गरिएको हो । व्यवसायीहरुले रकम उठाएर सहयोग गरेका हुन् ।
घोराहीमा गेट निर्माणको क्रममा विद्युतको तारमा लागेर घाइते भएका थिए । उनको हाल काठमाडौँमा उपचार भइरहेको रविन केसीले जानकारी दिए । उनले उपचारमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
सहयोग हस्तान्त्ररण कार्यक्रम संघका अध्यक्ष भरत सुनारको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा संघका सल्लाहकार मानवहादुर विक, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिह बुढाथोकी, कोषाध्यक्ष सुशील पोख्रेल लगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण ग्रील तथा स्टिल व्यवसायी संघका सचिव कमल विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *