Saturday, March 23, 2024
Homeमुख्य खबरकरको दर संशोधन गर्न माग

करको दर संशोधन गर्न माग

- Advertisement -spot_img

गढवा, ९ कात्तिक । स्थानीय सरोकारवाला तथा नागरिक समूहहरुको तर्फबाट निर्धारण गरिएको करको दरलाई पुनर्विचार गरेर संशोधन गर्नुपर्ने माग गर्दै गढवा गाउँपालिकामा नौ बँुदे ज्ञापनपत्र बुझाइएको छ । सरोकारवाला समूह र स्थानीय नागरिक समाजको तर्फबाट दयाराम यादवको नेतृत्वबाट गएको टोलीले गाउँपालिकाले निर्धारण गरेको करको मात्रा पहिलेको तुलनाभन्दा महंगो भएको, घरधुरी कर, बजार क्षेत्र र ग्रामीण क्षेत्रको एकीकृत सम्पत्ति कर समान रहेकोले ग्रामीण भेगका करदाता करको मारमा परेको हुनाले क्षेत्र अनुसार कर निर्धारण गर्न र गाउँपालिकाले अबलम्वन गरेको कर नीतिमा आवश्यक संशोधन माग गर्दै ज्ञापनपत्र पेश गरिएको हो ।
सरोकार नागरिक समाजको तर्फबाट दयाराम यादवले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव समक्ष ज्ञापनपत्र बाचन गरेर सुनाउँदै गाउँपालिकाका अध्यक्ष यादवलाई हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष यादवले गढवा गाउँपालिकाले ग्रामीण क्षेत्रको जनताको पक्षमा घरधुरी कर निर्धारण गरेको र सबै क्षेत्रका विपन्न समुदायबाट गाउँपालिकाले कर बुझिदेओस् भनी व्यापक दबाव आइरहेको बताउँदै एकीकृत सम्पत्ति करबारे आवास रहेको जग्गाको कर मात्रै एकीकृतभित्र समावेश गर्ने नीति केन्द्र सरकारले पठाउने तयारी गरिरहेको हुनाले एकीकृत सम्पत्ति करको बुदा आउँदो गाउँ सभाबाट संशोधन गर्नसक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ज्ञापनपत्र बुझाउने टोलीमा स्थानीय बमबहादुर बस्नेत, यज्ञ बहादुर बुढाथोकी, जोखु यादव, गोविन्द डाँगी, तेजप्रसाद न्यौपाने, ओम बहादुर बाठा, धोजबहादुर रावत लगायतको सहभागिता रहेको थियोे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here