कम्प्युटरबाट व्यक्तिगत घटना दर्ता

मुख्य खबर

घोराही, ६ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले व्यक्तिगत घटना दर्तालाई कम्प्युटरमार्फत अनलाईन प्रणालीमा लगेको छ । वडा कार्यालयले मंगलबार दुईजना बालबालिकाहरुको जन्मदर्ता कम्प्युटरमार्फत अनलाईन प्रणालीमा गरिदिएको हो । भिषण वली र दिपा वलीको जन्मदर्तालाई अनलाईनमार्फत गरिएको हो । सो जन्मदर्ताको प्रमाणपत्र नगर प्रमुख नरुलाल चौधरीले उनीहरुका अभिभावकलाई हस्तान्तरण गरी व्यक्तिगत घटना दर्तालाई कम्प्युटरमार्फत गर्ने कार्यको थालनी भएको हो ।
वडाका कार्यबाहक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले वडाबासीका कुनै पनि व्यक्तिगत घटनाहरुलाई व्यवस्थित र सुरक्षित बनाउन प्रविधिलाई प्रयोग गरिएको जानकारी दिए । कम्प्युटर प्रणालीबाट दर्ता भएका कुनै पनि घटनाहरु केन्द्रीय पञ्जीकरण विभागमा जोडिने उनको भनाइ छ । वडाले यस अघि नै वडाबाटै कम्प्युटर प्रणालीमार्फत सम्पत्ती कर र मालपोतसमेत बुझ्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *