कमि आएन कोचाकोचको यात्रा

फिचर मुख्य खबर

तुलसीपुर, १५ भदौ । घोराही तुलसीपुर सडक खण्डमा चल्ने सार्वजनिक गाडीले सिटभन्दा बढी यात्रु बोक्ने गरेका छन् । सार्वजनिक सवारी साधनले सिटभन्दा धेरै यात्रु बोक्ने गरे पनि ट्राफिक प्रहरीले नियमन गर्न सकेको छैन् ।
दैनिकजसो घोराही–तुलसीपुर सडकमा सार्वजनिक सवारी साधनले सिटभन्दा बढी यात्रु बोक्ने गरे पनि सम्बन्धित सवारीधनीलाई कारवाही हुन नसकेको यात्रुहरुले गुनासो गरेका छन् ।
गाडीले सिटभन्दा बढी यात्रु बोेक्दा अधिकांश यात्रुहरुलाई आवातजावत गर्नमा निकै समस्या परेको छ । सार्वजनिक सवारी साधनमा कोचाकोचको यात्रा हुँदा कतिपय समयमा आफ्नो ज्यान समेत धरापमा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । कोचाकोचको यात्रा हुँदा बालबालिका तथा जेष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन् ।
घोराही–तुलसीपुरको सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रुहरुले धैरै दुःख कष्ट ब्यहोर्नु परेको तुलसीपुरका विशाल नेपालीले बताए । सार्वजनिक गाडीमा जेष्ठ नागरिक सिट, महिला सिट, अपाङ्गता सिट लेखेर छुट्याए पनि धैरै गाडीहरुमा सोही नियम अनुसार यात्रु नराखिएको समेत देखिएको छ ।
यसैबीच सिटभन्दा बढी यात्रु बोक्ने सवारीलाई जाँचलाई कडाई गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्दप्रसाद पोखरेलले बताए । नियम विपरीतच सवारी चलाउने अधिकांश सवारी साधन कारवाहीमा पर्ने गरे पनि व्यवसायीले अटेरी गर्ने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *