कमल पोखरीको सहकारीको साधारण सभा

मुख्य खबर

तुलसीपुर, २५ भदौ । कमल पोखरी बचत तथा ऋण सहकारी संस्था तुलसीपुरको नवौ साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम रजौरेको अध्यक्षता तथा बचत तथा ऋण सहकारी जिल्ला शाखा दाङका नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साधारण सभाले आगामी चार बर्षका लागि शालिकराम रजौरेको अध्यक्षतामा नयाँ कार्यसमितिको समेत चयन गरेको छ । जसअन्तर्गत उपाध्यक्षमा गोविन्दप्रसाद आचार्य, सचिवमा डिल्लीराज रेग्मी, कोषाध्यक्षमा खुशल बहादुर आले सदस्यहरुमा टेक बहादुर गिरी, दिपक कुमार न्यौपाने, झग्गु प्रसाद पोख्रेल, निर्मला भण्डारी, पार्वती रजौरे र पार्वती खड्का रहेका छन् । कार्यक्रममा डिल्लीराज रेग्मीले सांगठनिक प्रतिवेदन, खुशल बहादुर आलेले आर्थिक प्रतिवेदन र फरेन्द्रराज अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधरणसभामा नेफ्स्कुन दाङका कार्यालय प्रमुख वेदप्रसाद भट्टराई, नारायणप्रसाद रजौरे, गोविन्दप्रसाद रजौरे, जीवराज आचार्य र वसन्ता डाँगीलगायतले आफ्ना धारणा राखेका थिए । साधारणसभाले असल ऋणी भएको भन्दै संस्थाका सदस्य खोपीराम अधिकारीलाई सम्मान गरेको छ भने जेष्ठ नागरिक दुर्गादेवी रजौरेलाई समेत साधारण सभामा सम्मान गरेको छ । निर्मला भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराज रेग्मीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *