Tuesday, March 26, 2024
Homeफिचरकमजोर सीमा सुरक्षा

कमजोर सीमा सुरक्षा

- Advertisement -spot_img

दाङ, २८ कार्तिक । भारतीय पक्षले सीमा अतिक्रम गरेको सार्वजनिक भइरहेका बेला दाङ जिल्लामा पर्ने सीमाहरूका नेपाली सीमा सुरक्षाका लागि सुरक्षा व्यवस्था कमजोर भएको देखिएको छ । दाङ जिल्लामा पर्ने नेपाल भारत सीमा क्षेत्रको ८३ किलोमिटर सीमा सुरक्षाको दूरीमा सीमा सुरक्षाका लागि दुईवटा सशस्त्र प्रहरीको सुरक्षा बल मात्रै खटिएको छ ।
सशस्त्रको एउटा पोष्ट कोइलावास नाकामा भएपनि अर्काे पोष्ट भने सीमाभन्दा झण्डै १२ किलोमिटरभित्र राखिएको छ । ८३ किलोमिटर सीमा सुरक्षाको लागि गढवा गाउँपालिकाको कोइलाबास नाका र राजपुरको सुनडबरीमा सीमा सुरक्षा पोष्ट राखिएको छ ।
यसरी हेर्दा एउटा पोष्टले ४२ किलोमिटर सुरक्षा गर्नुपर्ने अवस्था छ । भारतीय सीमा सुरक्षा बल भने ५/५ किलोमिटरको दूरीमा राखिएको छ । ‘८३ किलोमिटर सीमा सुरक्षाका लागि दुई स्थानमा सशस्त्र बल राखिएको छ’, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने, ‘सीमा सुरक्षाका लागि यो कम हो ।
उनले यो बीचमा पाँच स्थानमा नेपाल प्रहरीको सुरक्षा पोष्ट भएको बताए । यस वर्ष अन्य तीन स्थानमा सुरक्षा बल थप गर्ने तयारी गरेका छौँ, प्रजिअ रिजालले भने, सीमा सुरक्षामा समस्याहरू छन्, आवश्यकता अनुसार सुरक्षा व्यवस्था हुन सकेको छैन, सडक, फोन, विद्युतको पनि त्यस्तै समस्या छ ।

दाङको गढवा गाउँपालिका–८ कोइलावास खबरी नाकाको खोलामा रहेको नेपाल भारत छुट्याइएको सीमा पिलर २५ वर्षदेखि ६ मिटर नेपालतर्फ सारिएको छ ।


उनले सीमा सुरक्षा पोष्टहरू कम भएको चालु आर्थिक वर्षमा गुरूङ नाका, भैसाही नाका र खङ्ग्रा नाकामा सुरक्षा पोष्ट राख्ने प्रस्ताव गरेको बताए । दाङमा भारतसँग जोडिएका २८ नाका रहेका छन ।
सीमा क्षेत्रमा केही असहज छ उनले भने, बाटो समस्या बढी, सुरक्षाका लागि गस्ती बढाइरहेका छाँै । यस क्षेत्रमा रहेका ७७ जंगे पिलर र सहायक पिलरको मर्मत स्थापना भइरहेको बताए ।
भूगोलको विकटताका कारण सहजै सीमानामा प्रभावकारी भूमिका खेल्न र आगमनमा समस्या रहेको रिजालको भनाई छ । सीमामा रहेका एउटा पोष्टका लागि ४० किलोमिटरभन्दा बढी क्षेत्रफलको सुरक्षाको जिम्मा हुनुले सीमा सुरक्षा प्रभावकारी नहुने स्थानीय जनप्रतिनिधिहरूको भनाई छ ।
गढवा गाउँपालिकाका वडा अध्यक्ष सद्दाम सिद्दिकीले भारतीय पक्षको ५/५ किलोमिटरमा सुरक्षा पोष्ट रहेको भए पनि नेपालको ८३ किलोमिटर दुईवटा मात्रै रहेको बताए । उनको राज्यले सीमा सुरक्षामा गम्भीर हुनुपर्ने तर्क छ ।
सिद्दिकीले सीमा सुरक्षा गस्ती नियमित भए पनि सडक समस्याका कारण प्रभावकारी हुन नसकेको बताए । सीमामा सडक पहुँच नेपालतर्फ नहुँदा एक स्थानबाट अर्काे स्थानमा जान घण्टौ हिडेर जानुपर्ने र फोनसमेत भारतीय प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलावास खबरी नाकाको खोलामा रहेको नेपाल भारत छुट्याइएको सीमा पिलर २५ वर्षदेखि ६ मिटर नेपालतर्फ सारिएको छ ।
स्थानीयहरूले पिलर सारिएको जानकारी गराए पनि त्यसको कहीँ कतै सुनुवाई नभएको वडा अध्यक्ष सद्धाम सिद्दिकीले बताए । सीमा स्तम्भ अवलोकन गर्दै गर्दा खबरीका स्थानीयले सीमा स्तम्भ सारिएको जानकारी दिइएको र २/३ वर्ष अगाडी सीमा स्तम्भ मर्मत गर्दा पनि पुरानो स्थान छोडेर नयाँ स्थानमा राखिएको वडा अध्यक्ष सिद्दिकीले बताए । झण्डै ५/६ मिटर नेपालतिर सीमा स्तम्भ सारिएको छ स्थानीयलाई उद्धृत गर्दै वडा अध्यक्ष सिद्दिकीले भने, २५ वर्षभन्दा पहिलेको अवस्था हेर्दा सीमा सरेको छ ।
सीमा क्षेत्रमा बाटो नहुँदा नियमित रूपमा अनुगमन र निरीक्षणमा समेत समस्या रहने गरेको उनले बताए । एउटा सुरक्षा पोष्टले १८ वटा नाकासम्म हेनु पर्ने गरेको बताए । त्यसमा पनि अझ नेपाली भूमिमा बाटो नै छैन ।
भारतको सुरक्षाकर्मीहरू ५/५ किलोमिटरको दूरीमा तैनाथ छन्, नेपालको यस्तो हालत छ वडा अध्यक्ष सिद्दिकीले भने । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यो विषयमा दुई देशको समन्वय बैठकमा कुरा राख्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here