कमजोर विद्यार्थी खोज्दै तुलसीपुर, सार्वजनिक शिक्षा सुधार अभियान …

फिचर मुख्य खबर समाज

तुलसीपुर, २६ भदौ । सामुदायिक विद्यालयको सिकाइलाई प्रभावकारी बनाउन दाङमा कमजोर विद्यार्थीहरुको पहिचान गर्न थालिएको छ । कमजोर विद्यार्थीको शैक्षिक सुधारका लागि दाङको तुलसीपुरमा रहेका सामुदायिक विद्यालयहरुमा यस्तो गर्न लागिएको हो । जसका लागि अहिले कमजोर विद्यार्थीको खोजी थालिएको छ ।
तुलसीपुर उपमहानगरका सामुदायिक विद्यालयमा कक्षा ३ देखि ५ कक्षासम्म अध्ययनरत रहेका विद्यार्थीहरु मध्ये कमजोर विद्यार्थीहरुको खोजी गर्न र उनीहरुको सिकाइ उपलब्धिका उपचारात्मक कक्षा सञ्चालनको उद्देश्यले कमजोर विद्यार्थीको खोजी सुरु गरिएको हो । उनीहरुको शैैक्षिक उपलब्थि सुधार गरेर यो अभियानले सबैलाई एकै तहमा पु¥याउने योजना रहेको छ ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र विद्यार्थीहरुको सिकाइ उपलब्धि बढाउने उद्देश्यले कमजोर विद्यार्थीको पहिचान गर्न लागेको तुलसीपुर उपमहानगरलाई ‘चेन्जिङ स्टोरिज अफ नेपाल’ नामका शिक्षासँग काम गर्दै आएको संस्थाले सहकार्य गरेको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भाष्कार गौतमले बताए ।

उनले नगरका विद्यालयको सर्वेक्षण गरेर कमजोर विद्यार्थी पहिचान गर्ने र उनीहरुलाई विद्यालयहरु समयभन्दा फरक समयमा थप कक्षाको व्यवस्थासमेत गरेर सिकाइ बढाइने बताए । जसको सम्पूर्ण जिम्मेवारी ‘चेन्जिङ स्टोरिज अफ नेपाल’ले लिएको छ ।
विद्यार्थीहरुको शैक्षिक अवस्था बुझेर कमजोर विद्यार्थीहरुलाई थप कक्षाको व्यवस्था गरेर सिकाइ बढाइने चेन्जिङ स्टोरिज अफ नेपालकी कार्यकारी निर्देशक निहारिका मैनालीले बताइन् ।
उनले बालबालिकाहरुको शिक्षालाई सिकाइमुखी बनाउन यो कार्य दाङमा गर्न लागिएको बताइन् । कक्षा ३–५ मा अध्ययनरत विद्यार्थीहरुलाई मूल्याङ्कन गरी तीन सयजना कमजोर विद्यार्थीलाई सिकाइ बढाउन उपचारात्मक विधिबाट थप शिक्षा दिने गरी स्वयम्सेवक शिक्षक खटिएको उनको भनाई छ ।
नगरका ८० विद्यालयमध्ये पहिलो चरणमा १३ विद्यालयमा अध्ययनरत कमजोर तीन सय विद्यार्थीलाई सिकाइका लागि थप कक्षामा समावेश गरिनेछ । १३ सामुदायिक विद्यालयमा १५/१५ जनाको समूह बनाई उपचारात्मक विधिको पढाइ सञ्चालन गरिने छ । दोस्रो चरणमा विद्यालय संख्या थप गरिनेछ ।

१३ विद्यालयमा २० वटा समूह रहने छन्, मैनालीले भनिन्, त्यसको लागि ९० दिनको कोर्षसमेत तयार पारिएको छ । ‘हामीले यो प्रयोग गतवर्ष हेटौँडामा गरेका थियौँ’, कार्यकारी निर्देशक मैनालीले भनिन्, ‘त्यो अत्यन्त प्रभावकारी देखिएपछि यो अभियानलाई विस्तार गरेका छाँै ।’
यसका लागि २० जना स्वयम्सेवक शिक्षकहरुसमेत छनोट गरिसकिएको उनले बताइन् । स्वयम्सेवक शिक्षकको दशदिने तालिम गरिदैछ । सबै विद्यालयमा पुगेर प्रत्येक विद्यार्थी पूर्वा मूल्याङ्कन गरेर त्यसमध्येबाट कमजोर विद्यार्थी छनोट गरिने छ । जसका लागि एउटा समूहमा १५ जना अनिवार्य हुनुपर्ने छ ।
विद्यार्थीहरुलाई विद्यालय समयभन्दा पछि पढाउनु पर्ने भएकाले उनीहरुलाई खाजाको समेत व्यवस्था गरिएको मैनालीले बताइन् । ३ कक्षासम्मको सिकाइमा सबैको ध्यान केन्द्रित हुने गरेकाले ३–५लाई संस्थाले केन्द्रका राखेको मैनालीको भनाइ छ ।
मैले ९ कक्षामा एविसिडी पढाएको अनुभव छ, मैनालीले भनिन्, त्यसलाई सुधार गर्न पनि ५ कक्षासम्म यस्तो शिक्षाको आवश्यकता देखिन्छ । उपचारात्मक कक्षामा नेपाली र गणितको शिक्षण गरिनेछ । अरु विषय त्यो सँगै जाने छन् ।
तुलसीपुर उपमहानगरले सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न प्रयासहरु गर्दै आएको छ । भर्खरै मात्रै असर टेस्ट गरेको नगरले केही विद्यालय मर्जको अवधारणा सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *