- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरकपुरकोट–निगालपानी सडक दूरदशा

कपुरकोट–निगालपानी सडक दूरदशा

- Advertisement -spot_img

सल्यान, १२ भदौ । सल्यानको कपुरकोटदेखि रोल्पाको निगालापानी जोड्ने सडक खाल्डाखुल्डी हुँदा सवारी आवागनमा समस्या हुने गरेको छ । सडकमा रोल्पा सिमेन्ट उद्योगका टिप्पर क्षमताभन्दा बढी लोड बोकेर आवात–जावात गर्ने हुँदा सडक बाटो जीर्ण बन्दै गएको स्थानीयले बताएका छन् । सडक दिनप्रतिदिन जीर्ण बन्दै जाँदा समस्या भएको स्थानीयको भनाई छ ।
‘सडक खाल्डाखुल्डी हुँदा १५/२० मिनेट लाग्ने दूरीमा एक घण्टा बढी लाग्ने गरेको छ’ स्थानीय कुशल घर्तीले भने ‘सडक दिनप्रतिदिन जीर्ण बन्दै जाँदा पनि सम्बन्धित निकायले चासो दिन सकेको छैन् ।’
सडकमा दैनिक रुपमा सयौँको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने सडक मर्मतमा कसैको ध्यान नजाँदा स्थानीय आक्रोसित बनेका छन् । उनीहरुले सडकको मर्मत तत्काल नभए आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् ।
‘सडकमा सिमेन्ट उद्योगका टिप्परहरु बढी चल्ने गरेका छन्, जसका कारण सडक जीर्ण बन्दै गएको छ, तर मर्मतमा कसैको ध्यान पुग्न सकेको छैन्,
अर्का स्थानीय प्रेम जीएमले भने ‘सडक मर्मतमा सम्बन्धित निकायको तत्काल ध्यान जावस्, हामीलाई सडक आन्दोलन गर्न बाध्य नपारियोस् ।’ सडकमा रोल्पा लगायत सल्यानको गर्पा, रिम, सिन्वाङ, सिन्दुरीलगायतका नागरिक कपुरकोट हाटबजारका लागि
आवात–जावात गर्ने गरेका छन् । तर पछिल्लो समय सडक फराकिलो बनेपनि सडक अधिकांश ठाउँमा जीर्ण अवस्थामा पुग्दा साना सवारी साधन र स्थानीयलाई समस्या हुने गरेको छ ।
सडक खाल्डाखुल्डी हुँदा पैदल यात्रीलाई समेत समस्या हुने गरेको छ । ‘सडक खाल्डाखुल्डी हुँदा बाटोमा हिड्ने हामी पैदल यात्रुलाई समेत समस्या हुने गरेको छ’
अर्का स्थानीय दिलबहादुर बुढाले भने ‘पछिल्लो समय सडक बिग्रदै गएपछि हामीहरुलाई निकै सास्ती भएको छ, हिडिरहेको समयमा सडकमा खाल्डा हुँदा हिडिरहेको समयमा सवारी साधन दुर्घटना हुने हुनकी भन्ने जोखिम बढेको छ ।’
५÷६ वर्ष फराकिलो बनाएको सडक मर्मत नहुँदा पछिल्लो समय खाल्डाखुल्डी बन्दै गएको छ । सडक मर्मत नहुँदा हिउँदमा धुलो, वर्षामा हिलोको समस्या हुने गरेको स्थानीयले बताएका छन् ।
सडक कमजोर बन्दै गएपनि सम्बन्धित निकाय मौन भएको भन्दै स्थानीयले तत्काल ध्यानुपर्ने बताएका छन् । ‘सडकको यो हालत भएको छ, न सडक विभागले चासो दिएको छ, न स्थानीय सरकारले न त सिमेन्ट उद्योगले नै, हामीहरु निकै समस्या छौँ’ स्थानीय सरिता पुनले भनिन् ‘सम्बन्धित निकायको समयमै ध्यान पुगोस् ।’
कपुरकोट–निगालपानी सडक अहिलेसम्म कसले बनाउने कुनै निश्चित छैन् । ‘नयाँं संघीय व्यवस्थासँगै सडक प्रदेश नम्बर ५ र कर्णाली प्रदेश कुन सरकारले बनाउने अन्यौल बनेको छ ।
‘केही सडक रोल्पा ५ नम्बर प्रदेशमा पर्छ, केही सडक कर्णाली प्रदेशमा छ, कसले बनाउने भन्नेमा हामीहरु अहिले छलफलमै छौँ’ कपुरकोट गाउँपालिकाका उपाध्याक्ष तिला बुढाले भनिन् ‘अलिअलि त गाउँपालिकाले मर्मत पनि गरेको छ, तर बजेट अभाव हुँदा गाउँपालिकाले सबै सडक निर्माण गर्न सक्दैन् ।’
सडक बनाउनका लागि कुनै बजेट विनियोजन हुन सकेको छैन् । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तीनवटै सरकारबाट बजेट विनियोजन नहुँदा उक्त सडक अलपत्र बनेको हो ।
दैनिक सयौँका सवारी साधन आवाज जावात गर्ने सडकको मर्मत नहुँदा स्थानीय प्रत्यक्ष मारमा परेका छन् । सडक डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी क्षितिज पोख्रेलले केन्द्र सरकारबाट बजेट विनियोजन नभएको बताइन् ।
‘प्रदेश सरकार वा स्थानीय सरकारबाट बजेट विनियोजन भएको हामीलाई थाहा भएन्, तर केन्द्र सरकारबाट कपुरकोट–निगालपानी सडक मर्मतका लागि कुनै बजेट आएको छैन्’ उनले भनिन् ‘पहिले हामी मातहतमै थियो उक्त सडक तर अहिले कसले हेर्छ कुनै जानकारी छैन् ।’्

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here