Saturday, April 13, 2024
Homeफिचरकन्भेक्स ऐना फुटाउँदा दुर्घटनाको जोखिम

कन्भेक्स ऐना फुटाउँदा दुर्घटनाको जोखिम

- Advertisement -spot_img

देउखुरी, १३ चैत । लमही घोराही सडकखण्डमा दुर्घटना न्यूनीकरण गर्नका लागि राखिएका कन्भेक्स मिरर ऐनाहरु अज्ञात व्यक्तिबाट फोडिने गरेका छन् । ट्राफिक सचेतनासहितका बोर्डसँगै कन्भेक्स मिरर ऐना फाल्दा दुर्घटनाको जोखिम बढेको छ ।
प्रभु बैंक, सडक कार्यालय र ट्राफिक प्रहरीले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि ५ सय मिटर दूरीबाटै आउँदै गरेका सवारी देख्न सक्ने गरी सडकका विभिन्न घुम्ती–घुम्तीमा कन्भेक्स मिरर ऐना राखेको थियो भने यो सडक खण्डको चार स्थानमा रोड ब्यारिएर राखिएको छ,जसले गर्दा दुर्घटना केही हदमा जोगिएको छ । यस सडकखण्डमा कन्भेक्स मिरर ऐना राखेपछि दाङ जिल्लामा दुर्घटनाको संख्यामा कमि आएको ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले बताए ।
लमहीदेखि घोराही सडकमा कम्तिमा पनि १७ स्थानमा कन्भेक्स मिरर ऐना राखिएका थिए, जम्मै फोडिएका छन्, अब मुस्किलले आठवटा जति होलान् ति पनि कोहि पोल बङ्ग्याइएको अवस्थामा छन् भने कोहि आधा सिसा फुटालेको अवस्थामा छन् जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले भने । रातिको समयमा सडकलाई चिनाउने क्याट आई पनि उच्छ्रृङ्खल समूहले निकालेर फाल्ने गरेको प्रहरीले बताएको छ ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले पन्ध्र दिने ट्राफिक महाअभियान कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा ट्राफिक नियमका बारेमा प्रशिक्षण दिइने भएको छ । दाङ जिल्लाभरि नै प्रत्येक दिन फरक—फरक विषयमा प्रशिक्षण दिइने ट्राफिक प्रमुख कुँवरले जानकारी दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here