कथाभित्रको माया …

साहित्य

गोविन्द बहादुर बस्नेत
‘सल्यानी दाजु’

यो एउटा कथा हो । हाम्रो नेपालभित्र बाइसे चौविसे राजाहरु भुरे टाकुरे नामले राज्य सञ्चालन गर्दा त्यतिखेर जनताहरु धेरै सिधासादा, लेखपढ गर्न नपाइने, राजाहरुको हुकुम,
आदेश ब्राह्मण र क्षेत्रहरुमा ठकुरीलाई पठाउने नियम कानून बाँधिएको प्रजाहरुलाई लेखपढ गर्न बञ्चित भएको हुँदा अन्धकार भए पनि व्यवहारिक ज्ञान, बुढापाकाले आफूले देखे भोगेका कुराहरु पछाडिका पुस्ताहरुलाई आधारशीलाबाट उखान टुक्का, कथाबाट सिकाउँदै आएको रहेछ ।
त्यसैले होला आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको उखान टुक्काले मान्यता पाएको, उनीहरु भन्ने गर्थे दर्पण मन्त्री हो थिर रहन्छ छायाँ बादल हो, आउँछ जान्छ ।
एकागाउँमा मनवीर नाम गरेको दुई परिवार बस्दा रहेछन् । उसकी श्रीमती सुनकेशरी रहिछ । सुनकेशरी गर्भवती हुँदै मनवीर प्रलोक भएकोले सुनकेशरीलाई पर्नासम्म दुःख परेछ ।
त्यतिखेरको समय असहायलाई सहयोग गरे ठूलो धर्म हुन्छ भन्ने मानव मस्तिष्कमा कसरी पलायो ? यो दैविक शक्ति ईश्वरकै हुनुपर्छ । छिमेकी ति गाउँलेहरुले सम्पूर्ण होस्टेहैस्यमा उसको सबै काम पूर्ति गरिदिन्थे ।
सुनकेशरीको सबै काम पुग्नेभयो । सुनकेशरीका जुम्ल्याहा दुई छोरा जन्मे । दिनमास गर्दै गृहस्थी सम्हाल्ने भएकाले जेठोको नाम गोठे राखेकी थिई भने कान्छोको नाम भोटे थियो ।
एकदिन गोठेले आमासँग भन्यो आमा म धन कमाउन परदेश भारततिर जान्छु, भाई भोटेले घरको काम सम्हाल्ने भैसक्यो, तपाई मेरो चिन्ता नगर्नुहोला, धन कमाएर छिट्टै फर्किउला भनेर प्रदेश हिडेछ ।
दुई÷तीन वर्ष पुगिसक्यो ऊ आएन, यता भाइ भोटे लक्का जवानी भएको हुँदा आमा सुनकेशरीले छिमेकीकी एकजनाकी छोरी मैसरी नाम गरेकी केटीसँग विवाह गरिदिन्छिन् । ती तीन परिवार आफ्नो सुख दुःख काटेर बस्दा रहेछन् । त्यो गाउँमा लेखपढ गर्ने मुखिया मात्र रहेछन् ।
ब्राह्मण देवहरुले त्यस गाउँको तिरोमरो बुढी बेह्री, झारा, खारा झै झगडा सबै देवदत्त ब्राह्मणका आदेशमा रैतिहरु चल्ने, दण्ड जरिवाना तोक्ने, उसैमा पननि बाहुन जाति मसिनो लगाई मोटो रकम झार्ने जातलाई रकम मुखिया साहेवका गोजीमा भष्मः भने जस्तो गाउँमा परिस्थिति कहिलै कहिलै त्यस गाउँमा यस्तो धारणा प¥यो ।
खाने मुखलाई जुङ्गाले छैक्दैन भने झै त्यतिखेर दर्पण ऐना त्यस गाउँमा कसैले नदेखेका रहेछन् । मुखियालाई यस्तो चिज बजारमा आयो रे भन्ने थाहा भयो तर नदेखेका । एकदिन त्यस गाउँका पुरुष आफ्नो सौदामाल,
सुठो, वेसार, जोर वुटी रिठा, टिमुर बेचेर घरको वर्ष दिनलाई पुग्ने लत्ता, कपडा, डाँठ डोरी, चुरा, धागो, नुन, तेल, जिरासमेत लिन १५ दिनको बाटो भारी बोकी हिड्नुपर्ने, सबै गाउँका पुरुष हाट बजार जाँदा भोटे पनि बजार पुगेछ,
घरबाट हिड्दा आमाले भनिछन् छोरा त बजार जाँदैछस् राम्रो सँग साथी भाइ मिलेर जानु कतै तेरो दाइलाई फेला पारिछस् भने हात समातेर ल्याएस् भनेर सुनकेशरी आमाले भनेको भोटेको मनमा सम्झना ताजै हुन्छ ।
पूरै गाउँ हाट बजार बलामपुर भारत गई आफ्नौ शौदा माल विक्रीगरी आवश्यक पर्ने सबै खरिद गरी आए बगैचा हटारी बास जम्मा भएछन् । बिर्सि भुलेको माल लिनलाई २÷४ जना पुनः बजार हिड्दा भोटेपनि गएछ ।
बजार हिड्दा एउटा दर्पण देख्यो  । बनिया साहुजी त्यो के हो ? भनेर सोधेछ अनि बनियाले भनेछ तेरो बाबु, भोटे भन्छ होइन मेरो दाजु हो, म जस्तै छ कति भन्छौ भन भन्दा बनिया भन्न पाँच मोहर, हुन्न दिने भए तीन रुपैयाँ गनि दिन्छु भनेर भोटेले तीन रुपैयाँ फालि दिएछ । झोलामा हाली हातले समाई ल्याएछ, सुटुक्कै साथीलाई नजनाई आमालाई हात पारी दिने साेंचमा रहेछ ।
बजारबाट सबै साथीभाइ घरमा आएछन्, भोटेले त्यो दर्पण झोलामा राखिएको सिरानतिर झोला भोलिपल्ट आमालाई हातै पारी दिउला भनेको भुलेरै उसलाई अन्यत्र जाने काम परेछ हिडेछ ।
भोटेकी श्रीमतीले त्यो झोला खोली हेर्दा आफ्नो चेहेरा नचिनेर झसङ्ग झस्किछ । यो मोराले अर्की श्रीमती ल्याएछ भन्ने भानपरी कन्चनका रौं ठारा भएछन् । फत्फताउन लागिछ ।
सासु सुनकेशरीले भनिछ किन कराउन लागिस् बौलाउछेस कि क्या हो ? भन्दा बुहारी मैसरी भन्छे तिम्रो छोराले तिम्रो मन परेकी बुहारी ल्याएको रहेछ, नपत्याए त्यो झोला खोली हेर भन्दा सासु सुनकेशरी झोला खोली हेर्दा उसले पनि आफ्नो अनुहार नचिनी सेतै कपाल फुलेकी चाउरी परेकी बुढी देखि ।
साँच्चै ल्याएको रहेछ, ल्याउनै पर्ने भए तरुनी ल्याउनु पथ्र्यो, क्रिया गर्ने भनि ल्याएको होला भोटेले भनिछ । सासू बुहारीको भनाभन, हात हाल्ने समयसम्म हुँदा कोलाहल सुनेर छिमेकी भोटेको घरमा एकाएक जम्मा हुँदा बुहारी मैसरी भने लोग्नेलाई सौता थपेको जानकारी गर्न मुखिया घरतिर गै भनि मुखिया साहब मलाई अन्याय प¥यो इन्साफ गरी दिनुप¥यो, लोग्नेले म छदाछदै अर्की श्रीमती ल्याएमा कानून बमोजिम सजाय गरी जेलनेल हाली दिनुप¥यो मुखियालाई आफ्नो कुरा दर्शाइछ ।
मुखिया भन्छन्, कहाँबाट ल्यायो ? कसरी ल्यायो ? कस्ती छ ? कसरी ल्यायो ? कहाँ राखेको छ ? भन्दा मैसरी भन्छे म जस्ती छे, महिला छे, बजारबाट ल्यायो, बोकेरै ल्यायो, झोलाभित्र राखेको छ भनि मुखियालाई भनिछ,
बाँठो मुखियाँ बुझिहाल्यो, मुखियाको दायाँ आँखा फरफराउन लागेछन् कमाई फलाछ क्यारे भनि दायाँ दातको हत्केला कन्याउँदै मैसरीलाई भन्दै साच्चै भन् झुठ्ठा कुरा गरिछन् भने झुठ्ठा बोलेको सजाय कानका सुनका मुन्द्रा झिक्नुपर्ला भनेछ ।
मैसरी भन्ने साच्चै हो मुखिया साहब किन ढाटुला भनेर मुखियालाई लिएर घर आइछ । घरमा आउँदा आँगनभर छिमेकी जम्मा भएका, मुखियाको बाटो कुरी त्यो ल्याएकी केटी हेर्ने निधो गरी बसेका रहेछन् ।
मुखिया हातमा बेतको लौरी लिएर भन्छन् छिमेकीलाई एक÷एक गरी हेर, एउटाले हेर्दा अर्को जान पाउँदैन भनि अडर भएछ । प्रत्येक जान्छन् मुखिया सोध्छ कहाँ छ ? प्रत्येकले भन्छन् झोला भित्र छ, म जस्तै छ ।
सबै छिमेकीले यस्तै जवाफ दिए मुखियाका ठाडा जुंगा टुई टुई पार्दै आँखा सन्काउदै भन्छन् । तिमीहरु सबै बौलाउन लाग्योकी क्या हो भन्दै आफू गई त्यो झोलालाई छिमेकीहरुलाई तिमीहरु यता हेर्न पाउने छैनौं उता पछिल्तिर फर्क म हेर्छु अनिमात्र इन्साफ गरुला भनेछ ।
छिमेकीलाई आदेश पालना गर्नुपर्ने पछिल्तिर सबै फर्केछन्, मुखिया झोला खोलेर हेर्दा आफ्नो अनुहार देखियो । दर्पण (ऐना) हो यस्तो चिज बजारमा आउँदैछ भन्ने सुनेथे आएछ ।
यो मेरै हो तिमीहरु मेरो, मेरो भन्छौं म मुखियासँग झुठ्ठा बोल्न सक्नेले अरुलाई के पत्याउँला तिमीहरुलाई जनही हिसाबले पाँच रुपैयाँ तिर्नुप¥यो नत्र सबैलाई जेल चलाउने व्यवस्था नपरोस्,
लौ जरिवाना उठाउ, झुठ्ठा उजुरी गर्ने मैसरीले कानमा लगाएको सुनका गहना झिक, मेरा हातमा पार नत्र त पनि जेल जानुपर्दा भनि धम्क्याई रुपैयाँ र गहना पोको पारी मुखिया घरसम्म गाउलेले पठाउन गए ।
गाउँले छक्क परे घरका परिवार सबै च्याँगर न म्याँगर । त्यो २१औं शताब्दी युग हो । देश चलाउने नेता नै हुन दुरुस्त यस्तो व्यवहार नहोला तर चुनाव आयो भने सबै पार्टीका कार्यकर्ता, धुपाउरे चम्चाहरु हाम्रो पार्टीले यो गर्छ,
त्यो गर्छ भन्ने र हातमा सुनका डल्ला देखाउने । जितिसके इट्टाका टुक्रा देखाउनेहरुसँग सजक भै विकासमा एकजुट हुने जनताको दायित्व हो पूरा गरौं । यो देश नेपाल हाम्रै हो, फुल फुलाउ जय मातृ भूमि नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *