कटाइ–सिलाइबाट आत्मनिर्भर बन्दै महिला

समाज

देउखुरी, ११ बैशाख । तीन महिनासम्म चलेको तालिमले आफूहरुलाई बाँच्न सक्ने आधार बनाएको सहभागीले बताएका छन् । यो तीन महिने तालिमले केही उर्जा थपेको भन्दै आगामी दिनमा पनि यस्तै तालिमको आयोजना गरिदिनु पर्ने सहभागीले बताए ।
सीप नसिक्दासम्म श्रीमान् र घरपरिवारको भर पर्नुपर्ने बाध्यता थियो तर कटाइ–सिलाइ सिकेर आत्मनिर्भर भएको बताइन् प्रमिता चौधरी ।
घर व्यबहार चलाउन सजिलो भएको छ, घरको काम सकिना साथ कटाइ–सिलाइ गर्छु जेहोस् काममा ब्यस्त हुँदा राम्रो भएको बताइन् प्रमिताले ।
प्रमिताजस्तै थुप्रै महिलाहरुले लमही नगरपालिकाको सहयोगमा सञ्चालन भएको तीन महिने तालिमको सदुपयोग गरेर सीप सिकेका छन् । नगरपालिकाको सहयोगमा वडा नम्बर ८ का दुई स्थानमा तालिम सञ्चालन भएको थियो । वडाका करिब ६० जना महिलाले अब आत्मनिर्भर भएर बाँच्न पाउने आधार भएको छ तीन महिने तालिमले ।
महिलाहरुका लागि तीन महिने कटाइ–सिलाइ तालिम सोमबार सतबरियामा सम्पन्न भएको छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा कटाइ–सिलाइ तालिम उपभोक्ता समितिको आयोजनामा तालिम शुरु भएको थियो ।
गत माघ महिनाको १० गते शुरु भएको तालिम बैशाख १० गते सकिएको हो । बेरोजगार महिलाहरुको आर्थिक स्थितिलाई सुधारेर आए आर्जनको पाटोलाई बलियो बनाउनका लागि नगरपालिकाले कटाइ–सिलाइ तालिमको आयोजना गरेको हो ।
सोमबार सतबरियामा समापन भएको कार्यक्रममा लमही नगरपालिकाका प्रमुख देवका बेल्वासेले सीप सिकेर महिलाहरु दक्ष हुनु अहिलेको आवश्यकता भएको बताइन् । अब महिलाहरु पनि आर्थिक रुपले बलियो बन्नुपर्ने उनको भनाइ छ ।
सहभागी सरीता चौधरी र सिर्जना चौधरीले तालिममा सिक्दै र अन्य गाउँघरका साथीहरुलाई पनि घरमा बोलाएर सिकाउँदै गरेको उनीहरुले बताए ।
सहभागी अञ्जु यादवको स्वागत मन्तब्य रहेको तालिममा प्रशिक्षक तुल्सा शाही, वडा सचिव लक्ष्मी सुवेदी, वडा सदस्य देवा परियार, कार्यपालिका सदस्य नारायणी खड्का, वडा अध्यक्ष मेघ नारायण चौधरीलगायतले बोलेका थिए ।
कटाइ–सिलाइ तालिम उपभोक्ता समितिका संयोजक अनिता घिमिरेको अध्यक्षता एवं लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमको सञ्चालन विष्णु बस्नेतले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *