- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरऐतिहासिक थारु संग्रालय

ऐतिहासिक थारु संग्रालय

- Advertisement -spot_img

वरपर रातो र सेतोले रंगले सजाइएका रुख, बीचमा केही साना केही ठूला घर, अलिपर खोला, दृश्य निकै मनमोहक । आराम गर्नका लागि बनाईएका साना घर अनि ठूला घर ।
ति घरमा धान कुट्न प्रयोग गरिने ढिकी, जाँतो, रङ्गीबिरङ्गी ढकिया, चटकी, झुण्ड्याइएका मकै दृश्य देख्दा जो कोहिले पनि सम्झन्छ थारु समुदायको इतिहासदेखि वर्तमान परिवेश कस्तो रहेछ ? हेर्न र सम्झन लायक थुप्रै दृश्य छन् । बाहिरपट्टि रमिरहन मन लाग्ने दृश्य, त्यति मात्र होईन, घोङ्गी, माछालगायतका चिजहरु खान पाईने त्यो पनि चटकीमा बसेर ।
नाम थारु संग्रालय एवं बुलबुल पाहुना घर
रमाउँदै खान र बस्न छैन कुनै पनि डर
एकचोटी सबैलाई पुग्न मन लाग्छ बुलबुल घर
गएपछि जाउँ–जाउँ लाग्छ फेरी पक्कै पनि रहर
थारु समुदायमा लोप हुने अवस्थामा पुगेका सामाग्रीको संरक्षण, थारु समुदायमा खाइने परिकारको स्वाद चखाउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले दंगीशरण गाँउपालिका वडा नम्बर ३ चखौरामा थारु संग्रालय एवं थारु पाहुना बुलबुले घर सञ्चालनमा छ । करिब २ वर्ष अघिदेखि सञ्चालनमा आएको संग्रालय पाँच बिगाह क्षेत्रफल जग्गामा फैलिएको छ ।
संग्रालयमा थारु समुदायको रहनसहन, परम्परा, कला, संस्कृति झल्कने अर्थात् इतिहासदेखि वर्तमानसम्मको झल्को दिने सामाग्री राखिएको छ भने थारु समुदायमा आधारित करिब पाँच हजारभन्दा बढी सामाग्री रहेका छन् ।

प्रविधिको विकाससँगै पुराना पुस्ताका सामाग्रीहरु हराउन थालेपछि पछिल्लो समय त्यसको संरक्षणमा विभिन्न प्रयास गरिएको संग्रालयका व्यवस्थापक नरेन्द्र चौधरीले बताए ।
‘थारु समुदायमा आधारित कला, संस्कृति, रहनसहन, लगाईने भेषभूषादेखि दैनिक जीवनमा प्रयोग हुने विभिन्न सामाग्री देख्न पाउनुहुन्छ अनि थारु समुदायमा खाईने विभिन्न खानाका परिकारहरु पनि रहेका छन्’ उनले भने, ‘दाङसहित पश्चिम नेपालमा बसोवास गर्ने थारु समुदाय मात्र नभई अन्य समुदायले पनि प्रयोग गर्ने सामाग्रीहरु पनि राखिएको छ ।’

संग्रालयमा थारु समुदायको रहनसहन, परम्परा, कला, संस्कृति झल्कने अर्थात् इतिहासदेखि वर्तमानसम्मको झल्को दिने सामाग्री राखिएको छ भने थारु समुदायमा आधारित करिब पाँच हजारभन्दा बढी सामाग्री रहेका छन् ।


प्रविधिको विकाससँगै पुराना पुस्ताका सामाग्रीहरु लोप हुुने अवस्थामा पुगेका छन् । थारु संग्रालय पर्यटन भित्रिने गन्तव्यमात्र नभई इतिहासको साक्षीसमेत बनेको छ ।
लोप हुुँदै गएका थारु समुदायले प्रयोग गर्ने विभिन्न सामाग्री र खाने परम्परागत खानाहरु छन् संग्रालयका एक कर्मचारी आशुराम चौधरीले भने मैले थारु समुदायमा खाने विभिन्न प्रकारका खानाहरु बनाउँछु, तपाई जो पनि आएर एकचोटी खानाको स्वाद लिन सक्नुहुन्छ भने बिगतदेखि वर्तमानसम्मका विभिन्न प्रकारका सामाग्रीहरु पनि संरक्षण गरिएको छ ।

प्रचारप्रसार हुन नसक्दा अझै पनि मानिसहरुको उपस्थिति बढ्न सकेको छैन् । ईतिहास बुझ्न एकपटक संग्रालयमा आउने पर्छ, संग्रालयमा आईसकेपछि नयाँ युवा पिढीलाई पनि थारुहरुले यसरी गर्दै आईरहेका थिए भन्ने झल्को दिनेछ उनले भने ।
संग्रालयमा कसरी आउने भन्ने प्रश्नमा चौधरीले तुलसीपुरबाट बागर चौकीबाट दक्षिण लागेपछि संग्रालयमा आउन सकिने बताए । संग्रालयमा सवारी साधन प्रयोग गरेमा १५ मिनेटमै पुग्न सकिन्छ ।
संग्रालयमा अवलोकन तथा थारु समुदायमा खाने परिकारको स्वाद जानेको संख्या पछिल्लो समय केही बढे पनि सोचेजस्तो बढ्न नसकेको व्यवस्थापक चौधरीले बताए । प्रचारप्रचार छैन, तपाईहरु जसरी आउनुभयो, त्यसरी नै प्रचार हुने गरेको छ ।

पछिल्लो समय विस्तारै प्रचार हुँदै गएको छ उनले भने, निकै महङ्खव बोकेको संग्रालयमा पूर्खाको इतिहास बुझ्न आउनुपर्छ, फेरी अवलोकन मात्र होइन, खाना पनि पाइने हुनाले थारु समुदायको खानाको स्वाद पनि लिन सकिन्छ ।
संग्रालयमा राख्ने सामाग्री विभिन्न खोज तथा अनुसन्धानले प्राप्त गरेको उनको भनाई छ । थारु संग्रालय भए पनि अन्य समुदायले प्रयोग गर्र्ने सामाग्री पनि राखिएको छ भने जसले गर्दा पुराना सामाग्रीको संरक्षणमा ठूलो सहयोग पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here