- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरए ! माऊका चल्ला हो

ए ! माऊका चल्ला हो

- Advertisement -spot_img

ए ! माऊका चल्ला हो,
च्याँप–च्याँप आवाज किन हो
आहारा पुगेन कि सहारा,
कसैले बुझिदिए विचारा ।

लतपते नङ्ग्रा दह्रा भैसके,
गर्भे भुत्ला जम्मै झरी गैसके
पोथी जति भाले भैसके
भाले पोथी भैसके,
भुत्ला त प्वाँख भई सकेछ,
नङ्ग्रा पनि तिखा भएछ,
सिर त आउन बाँकी नै छ
तर मुखभरी चुच्चो भै दिए ।

ए ! माऊका चल्ला हो,
च्याँप–च्याँप आवाज किन हो,
भाले हुने सपना देख्दा रहेछौं,
पोथी भै जन्मदा पनि
भाले मै चिनिदा रहेछौं,
तिमी न भाले हौ न त पोथी,
केबल उडन्ते चिल र फिरन्ते
स्यालका आहारा मात्र हौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here