- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरएसपी विष्ट निलम्बन

एसपी विष्ट निलम्बन

- Advertisement -spot_img

काठमाडौँ, १० भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान फितलो बनाएको र दोषीलाई उम्काउन खोजेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । शनिबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर ‘बादल’, सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको विस्तृत छानबिनको तथ्य बाहिर नआएसम्मका लागि एसपी विष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो । त्यस्तै तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्का, डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दा शाखाका प्रहरी निरीक्षक यकेन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा तान्ने निर्णय पनि बैठकले गरेको छ । यसअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरिसकिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या घटनामा एसपी विष्टको भूमिका शंकास्पद देखिएको र घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै निलम्बन गर्नुपर्ने अवस्था आएको गृह मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री बादलले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बल प्रयोग गर्दा संयमता अपनाउन निर्देशन दिएका थिए । ‘घटनाको विस्तृत प्रतिवेदन नआएसम्म एसपी विष्टलाई निलम्बन मै राख्ने निर्णय बैठकले गरेको छ । यसैबीच शनिबार सबैदलीय सर्वपक्षीय छलफल पनि कञ्चनपुरमा भएको छ । शनिबार नै आरोप लागेका पन्तकी साथी रोशनी र उनकी दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए । यो सँगै कञ्चनपुरको आन्दोलन केही कम हुँदै गएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here