एम्बुलेन्स दुर्घटनामा परी एकजनाको मृत्यु

फिचर मुख्य खबर समाज

सल्यान, ७ जेठ ।
सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ चिलढाले आग्रीखोलामा आइतबार राति १ बजे भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको हो । दुर्घटनामा परी चारजना घाइते भएका छन् । गर्भवती महिलालाई चिलढालेबाट थारमारेतर्फ ल्याउने क्रममा रा १ झ १३७ नम्बरको एम्बुलेन्स आग्रीखोला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा बागचौर नगरपालिका वडा नम्बर २ चिलढालेकी गर्भवती महिलाकी आमा ४४ बर्षीया जानकी बुढाथोकी रहेकी छन् ।

घाइतेहरूमा गर्भवती महिला १९ वर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया रामबहादुर बुढाथोकी रहेका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । एम्बुलेन्स प्राथमिक स्वास्थ केन्द्र थारमारेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *