- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरएप्समार्फत गुनासो सम्बोधन

एप्समार्फत गुनासो सम्बोधन

- Advertisement -spot_img

सल्यान, ४ मंसिर । सल्यानको छत्रेश्वरी गाउँपालिकाले मोबाइल एप्स मार्फत जन्ताको गुनासो सम्बोधन गर्न थालेको छ । गाउँपालिकाले मोवाइल एप्सको विकास गरेर त्यसबाटै जनताको गुनासोलाई सम्वोधन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए ।
गाउँपालिका सम्पूर्ण वडाहरुको जानकारी, जनप्रतिनिधिको सम्पूर्ण सम्पर्क ठेगाना, कर्मचारीको विवरण गाउँपालिकाको ऐन कानुन, कार्यक्रम तथा परियोजना सबै एप्समा राखिएको र त्यसमा उठेका जिज्ञासा पनि सम्बोधन गरी राखिएको उनले बताए । गाउँपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कामको सम्पूर्ण जानकारी राखेर सबै जानकारी अपडेट गरेर आम जनतालाई जानकारी गराउने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष केसीले बताए । ‘एप्समार्फत सर्वसाधारणका गुनासो तथा जिज्ञासाको पनि समाधान गरिनेछ’, उनले भने । प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सजिलोको लागि यो प्रविधि भित्र्याएका हौँ ।
सम्पूर्ण कामको सरल र छिटोछरितोका लागि गाउँपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको उनले बताए । ‘प्रविधिको जमानामा छौ सबैको हातहातमा मोवाइल फोन छ, मोवाइलबाट सबैखालका जानकारी तथा गुनासाहरु आफ्नै एप्स निर्माण गरेको छौँ । एप्स सार्वजनिक भएसँगै छत्रेश्वरी गाउँपालिकाको काम कारवाही गाउँपालिका स्थानीयले जुनसुकै ठाउँ भएपनि यहाँको जानकारी लिन सक्ने छन् । गत आर्थिक बर्षमा गाउँपालिका मावि तहका विद्यालयमा सिसी क्यामेरा जडान गरेको गाउँपलिकाले प्रविधिको युगमा अब सूचनाको अधिकार प्रत्याभूत गर्न, प्रविधिमैत्री गाउँपालिका बनाउने अभियानमा लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।
एप्समा भएका जानकारीको सम्बन्धमा गुनासो वा प्रतिक्रिया, गाउँपालिकाका अन्य कामको विषयमा जानकारी वा आमनागरिकले गाउँपालिकाका बिषयमा वा कुनै जनगुनासो राख्न र उत्तर पाउन सजिलो होस् ध्येय भएकाले आम नागरिकलाई त्यसका लागि सो एप्स एन्ड्रोड मोवाइलको प्ले स्टोरबाट डाउनलोड गर्न र प्रयोग गरेर गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा लाग्न अध्यक्ष केसीले सबैलाई आग्रह गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here