- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजएनआईसीमा चमत्कारिक बचत

एनआईसीमा चमत्कारिक बचत

- Advertisement -spot_img

घोराही, २७ चैत । एनआईसी एसिया बैंकले आफ्ना खाता सञ्चालकलाई औषधी र उपचारको बिमा सेवा दिन योजना ल्याएको छ । देशकै अग्रणी बैंकको रुपमा रहेको एनआईसी एसिया बैंकले सेवाग्राहीलाई प्राथमिकतामा राख्दै ‘चमत्कारी बचत खाता’ अभियान ल्याएको बैंकका तुलसीपुर म्यानेजर अर्जुन अधिकारीले जानकारी दिए ।
बैंक स्थापनाको २२औँ वर्ष पुगेको अवसरमा बैंकले १५ नयाँ चमत्कारी बचत निक्षेप योजना सञ्चालनमा ल्याएको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गरी बैंकले २२ वटा विशेषता रहेका बचत खाता योजनाहरुलाई सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
बैक पनि साथी पनि नाम दिएर चमत्कारी बचत खाता, चमत्कारी नारी बचत खाता, चमत्कारी जेष्ठ नागरिक बचत खाता, चमत्कारी बाबुनानी बचत खाता, चमत्कारी विद्यार्थी बचत खाता, चमत्कारी स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई मध्यनजर गर्दै ल्याईएको चमत्कारी तलब बचत खाता सञ्चालनमा ल्याएको छ ।
जसमा १५ लाखसम्मको दुर्घटना बिमा, १५ लाखसम्मको १८ प्रकारका घातक रोगहरुको बिमा सुविधा दिइने छ । यस्तै १ लाख ५० सम्मको औषधी उपचार बिमाजस्ता विभिन्न सेवासहितका २२ विशेषता रहेका चमत्कारी योजनालाई समावेश गरेको छ ।
यो सेवा बंैकको २ सय ८१ वटै शाखाहरुवाट प्रदान गर्ने व्यवस्थासमेत रहेको छ । यस्तै बैंकले नेपालमै पहिलो पटक स्विप ईन–स्विप आउट सेवासमेत प्रदान गर्ने भएको छ । जसमा सबै सेवा सुविधा मुद्दति खातासरह हुनेसमेत बताईएको छ । नयाँ योजनाको रुपमा सञ्चालन गरिएका सेवाहरु बचत खाता र चल्ती खाता दुबैमा उपलव्ध रहने छन् ।
नेपाल भरीका पनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा सेवा शुल्क तिर्नु नपर्ने सुविधासमेत ल्याएको छ । बैंकले सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने, क्रेडिट कार्डको सुविधा प्रदान गर्नेजस्ता विभिन्न विशेषता रहेका चमत्कारी बचत निक्षेप योजना ल्याएको रिजिनल सेल्स अफिसर डिल्लीराज खनालले जानकारी दिए । चमत्कारी बचत खातालाई बैंकले तीन प्रकारमा वर्गीकरण गरेको छ । १ हजारको चमत्कारी बचत खातालाई सिल्भर, २५ हजारसम्मको खातालाई गोल्डेन र १ लाखसम्मको खातालाई डाईमण्ड गरी तीन प्रकारमा वर्गीकरण गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here