- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरएक वर्षसम्म शिक्षकले तलब पाएनन

एक वर्षसम्म शिक्षकले तलब पाएनन

- Advertisement -spot_img

बबई (दाङ), ११ असार । दाङको एक सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले एक वर्षदेखि तलब पाएका छैनन् । पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको देउती माध्यमिक विद्यालय तल्लो मलईमा कार्यरत निजी तहका ६ जना शिक्षकले एक वर्षदेखि शिक्षकको तलब सुविधा नपाएका त्यहाँका शिक्षकहरुले बताएका छन् ।
चौमासिक रुपमा उपलव्ध गराउनु पर्ने तलव एक वर्षसम्म पनि नपाउँदा निजी शिक्षकहरु समस्यामा परेका छन् । निजी शिक्षकहरुको तलव व्यवस्थापनमा कसैले ध्यान नदिएको विद्यालयका शिक्षक कुशल डाँगीले बताए ।
विद्यालयमा तलब माग्दा विद्यालय प्रशासन र व्यवस्थापन समितिले विद्यालयको कोषमा आर्थिक अभाव कारण देखाउँदै आएको छ, डाँगीले भने काम विद्यालयमा गर्ने तलब खाना कहाँ जानु पर्ने हो । विद्यालयमा ईमान्दारी र लगनशील भएर अध्यापन गर्दै आएका छौँ उनले भने, हामी निजी शिक्षकहरुको समस्या समाधानमा कसैले चासो देखाएन ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिले तलबको व्यवस्था गर्न नसकेकाले स्थानीय सरकारलाई गुहार माग्दासमेत स्थानीय सरकारले पनि कुनै चासो नदेखाएको निजी शिक्षकहरु बताउँछन् ।
स्थानीय सरकारको आशा राखेका शिक्षकहरु निराशामा परिणत भएका छन् । निजी शिक्षकहरुले तलबको व्यवस्था मिलाईदिन अनुरोध गर्दै बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल समक्ष ज्ञापनपत्रसमेत बुझाएका थिए ।
विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजी शिक्षकलाई तलबको उपलब्ध गराउन नसकेको विद्यालयका प्रधानाध्यापक रत्न केसीले बताए । निजी शिक्षकलाई तलब व्यवस्था गर्न नसकेकोमा आफू पनि दुःखी भएको बताउँदै विद्यालयको कुनै पनि आयस्रोत नभएकाले यस्तो समस्या देखापरेको प्रधानाध्यापक केसीको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here