एक महिने व्युटिपार्लर तालिम

समाज

तुलसीपुर, १३ जेठ । तुलसीपुर उपमहानगरपालका वडा नं. ७ मा आइतबारदेखि महिलाहरुका लागि एक महिने व्युटिपार्लर तालिम शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा समावेशी दिदी–बहिनी विकास संस्थाको आयोजनामा भएको तालिमको उद्घाटन गरिएको छ ।
समावेशी दिदी–बहिनी विकास संस्थाका कार्यवाहक अध्यक्ष मिरा पन्थीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यता एवं वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
तालिम उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरे ।
उनले पार्लर तालिम सिकेर व्यवसायमा लागि आयआर्जन गर्नसमेत सुझाव दिए । त्यसैगरी विशिष्ट अतिथि वडा अध्यक्ष केसीले वडाले वडामा रहेका दलित, महिला, जनजातिहरुको सिप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको भन्दै आगामी दिनहरुमा समेत अन्य तालिमको आयोजना गर्ने बताए ।
उक्त अवसरमा कार्यपालिका सदस्य चित्रा मल्ल, दिपक कुमाल, वडा सदस्य रामबहादुर जिसी, निराजन केसीलगायतले तालिममार्फत आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे । संस्थाका सचिव माया रिजालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन सन्तोष केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *