एक महिनामा २३ करोड राजस्व संकलन

फिचर मुख्य खबर

तुलसीपुर, १५ माघ । आन्तरिक राजस्व कार्यालय दाङले पुस महिनामा मात्रै २३ करोड राजस्व संकलन गरेको छ । राजस्व असुलीका चालु आर्थिक वर्षमा जरिवाना छुटसहित दिएको अन्तिम समय पुस मसान्तसम्ममा कार्यालयमा विभिन्न उद्योग, कलकारखाना, व्यापार, व्यवसायबाट २३ करोड दुई लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको हो । जुन लक्ष्यभन्दा १७.१९ प्रतिशत अर्थात तीन करोड ३७ लाख ७७ हजारले बढी हो ।
कार्यालयले समय–समयमा गर्ने बजार अुनगमनमा तिव्रता र बाह्य श्रोतबाट प्राप्त हुने सूचना एवं तथ्याङ्कको विश्लेषण, विभिन्न प्रकारका कर परिक्षण र अनुसन्धानका कार्यक्रमहरुले राजस्व संकलनमा वृद्धि भएको जनाएको छ । पुरानो वक्यौता असुली गर्नुका साथै शिक्षा तथा चेतनामूलक गतिविधिहरुले समेत प्रभाव पारेकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कार्यालयका कर अधिकृत लक्ष्मण सिंह श्रेष्ठले जानकारी दिए । कर तिर्नु सबैको जिम्मेवारी भएकाले सबैलाई करको दायरामा ल्याउनका लागि आगामी दिनहरुमा समेत यस्ता कार्यक्रम तथा गतिविधिहरु केन्द्रित गर्ने लक्ष्य लिएको उनले बताए ।

कार्यालयले समय–समयमा गर्ने बजार अुनगमनमा तिव्रता र बाह्य श्रोतबाट प्राप्त हुने सूचना एवं तथ्याङ्कको विश्लेषण, विभिन्न प्रकारका कर परिक्षण र अनुसन्धानका कार्यक्रमहरुले राजस्व संकलनमा वृद्धि भएको जनाएको छ ।

चालु आर्थिक वर्षको पुस महिनामा कार्यलयले आन्तरिक करतर्फ रु १४ करोड, ५६ लाख ९३ हजार, घर वहाल कर ५७ लाख २५ हजार राजस्व संकलन भएको छ । यस्तै व्याज कर सात लाख ९८ हजार रहेको छ । मुल्य अभिवृद्धि कर (भ्याट) चार करोड ३८ लाख ७३ हजार राजस्व संकलन भएको छ । सिंहका अनुसार अन्तः शुल्कतर्फ दुई करोड ९९ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी स्वास्थ्य सेवातर्फ तीन लाख ७ हजार रहेको छ भने शिक्षा सेवातर्फ २९ लाख ५७ हजार राजस्व संकलन भएको छ ।
यसैगरी आन्तरिक राजस्व कार्यालय दाङले ९ महिनाको अवधिसम्ममा एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजस्व संकलन गरेको छ । सिंहका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्म आयकरतर्फ रु ४६ करोड दश लाख ९६ हजार राजस्व संकलन भएको छ । यसैगरी घर बहाल करतर्फ तीन करोड, ३६ लाख ५८ हजार, व्याज करतर्फ रु एक करोड ३० लाख ५५ हजार संकलन भएको छ । यस्तै मुल्य अभिवृद्धि कर (भ्याट) तर्फ रु ३३ करोड, ४६ लाख, ३८ हजार राजस्व संकलन भएको छ । यस्तै अन्तःशुल्कतर्फ २० करोड, ३७ लाख, ७३ हजार राजस्व संकलन भएको छ । यस्तै स्वास्थ्य सेवातर्फ रु २५ लाख ४२ हजार र शिक्षा सेवातर्फ रु ६९ लाख २८ हजार राजस्व संकलन भएको छ । सिंहका अनुसार गत वर्षको तुलनामा यस आर्थिक वर्षमा करदाताहरुको संख्यामा समेत वृद्धि भएको छ । जुन लक्ष्यभन्दा ८ प्रतिशतले बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *