एकीकृत, व्यबस्थित भए ब्यवसायी

फिचर मुख्य खबर

आधुनिक अटो भिलेज निर्माण
तुलसीपुर, २४ साउन । तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण भएको छ । बसपार्कमा अब्यवस्थित रुपमा सञ्चालन भइरहेका अटो मेकानिक्स व्यवसायीहरु तुलसीपुर उमहानगरपालिका र व्यवसायीहरुको सहकार्यमा तुलसीपुर–६ र ९ नम्बर वडाको पातुखोलामा निर्माण भएको आधुनिक बसपार्कले ब्यवस्थित गरेको छ ।
पहिलो चरणमा झण्डै ३ करोडको लागतमा निर्माण गरिएको अटो भिलेजबाट अहिले सवा सय व्यवसायीहरुले एकीकृत सेवा दिइरहेका छन् । आधुनिक तथा नमुना अटो भिलेजबाट सेवा दिन थालेपछि यहाँका अटो ब्यवसायीहरु पनि खुसी देखिएका छन् ।
तुलसीपुर अटो ब्यवसायी समितिका अध्यक्ष टोप बहादुर महतराले अटो ब्यवसायलाई ब्यवस्थित गरी एकीकृत रुपमा सञ्चालन भएर सेवा प्रवाह गर्दा खुसी लागेको बताए ।
विगतमा ब्यवस्थित अटोभिलेज नहुँदा व्यवसायीहरुले समस्या भोगिरहेको अवस्थामा साझेदारी र सहकार्यबाट बनेको अटोभिलेजले ब्यवसायीहरुमा उत्साह पनि थपेको बताए ।
पातुखोलामा बनेको आधुनिक अटोभिलेजले ब्यवसायी र सेवाग्राहीलाई सहज बनाएको छ । अटो भिलेजमा पूर्वाधार निर्माणमा नगर र व्यवसायीहरुको सहकार्य रहेको थियो भने तटबन्ध निर्माणमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेर त्यो काम अहिले पनि भइरहेको महतराले बताए ।
व्यवसायीले एकीकृत सेवा सुरु गरेसँगै सबै प्रकारले व्यवसायीहरु व्यवस्थित भएको बताए । अहिले अटोभिलेजलाई सुरक्षित र हरियाली बनाउने उद्देश्यले सयौ विरुवासमेत त्यो क्षेत्रमा रोपिएको अध्यक्ष महतराले बताए ।
अटोभिलेजको मास्टर प्लान अनुसार झण्डै त्यहाँ आठ करोड रकम खर्चेर नयाँ केहि पूर्वाधारसमेत निर्माण गर्ने रहेको छ । एक वर्षको अवधिमा अटोभिलेज निर्माण गरेर व्यवसायीहरु एकीकृत भएको नेपाल अटो व्यवसायी महासंघका अध्यक्ष यमप्रसाद भुसालले बताए ।
तुलसीपुर उपमहानगरपालिका र ब्यवसायीहरुको सहकार्यमा अटोभिलेज निर्माण गरिएको उपमहानगरका इन्जिनियर पवनकुमार योगीले बताए । तुलसीपुरको अटो भिलेजलाई आधुनिक र नमुनायोग्य बनाउने गरी निर्माण थालिएको र त्यसको पहिलो चरणको काम सकेर सेवाप्रवाह सुरु भइसकेको उनले बताए ।
उनले नमुनायोग्य र आधुनिक बनाउने गरी ब्यवसायी र उपमहानगरले लगानी अहिले ३ करोड भइसकेको बताए । अटोभिलेज पूर्णरुपमा सम्पन्न गर्न ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको इन्जिनियर योगीले जानकारी दिए ।
तीन विगाह क्षेत्रफलमा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ र ९ मा रहेको पातुखोलामा अटोभिलेज निर्माणको मास्टर प्लानमा अटोभिलेजभित्र, ग्रिन बेल्ड, भ्यूटावर, पर्यटकीय संरचना र पूर्वाधार तथा नदीतटीय क्षेत्रको संरक्षण ब्यवसायिक भवन निर्माण राखिएको छ । त्यसमा केहि पूरा भइसकेका पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *