एकता टोलमा सरसफाई

मुख्य खबर समाज

तुलसीपुर, ११ कात्तिक । तुलसीपुर क्षेत्रलाई सफा र सुन्दर बनाउने भन्दै एकता टोलका बासिन्दाहरुले आफ्नो टोलको सरसफाई अभियान आफैले सुरु गरेका छन् । सरसफाई अभियानअन्तर्गत शनिबार टोल विकास संस्थाका अध्यक्ष सुवास धिताल र तुलसीपुर उप–महानगरपालिकाका लेखा अधिकृत वासुदेव अधिकारीको अगुवाईमा सुरु भएको हो । उक्त अभियानमा ८० जना टोलबासीहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा बोल्ने बक्ताहरुले सरसफाई कार्यक्रम सबैका लागि अपरिहार्य रहेको बताउँदै निरन्तर रुपमा यसैगरी टोलको सरसफाईमा सबैजना मिलेर लाग्नु पर्ने बताएका थिए । सबैले आ–आफ्नो टोल समय–समयमा सफा गरेमा तुलसीपुर सफा र सुन्दर बन्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा हरि बहादुर डाँगी, बासुदेव अधिकारी, फरेन्द्र अधिकारी, नारायण रेग्मी, लेबेन्द्र धिताल, लिलाधर खड्का, भागवत आचार्य, सन्तोष न्यौपानेलगायतले आफ्नो टोल र घरआँगन यसैगरी सरसफाई राख्न फोहरलाई एक ठाउँमा जम्मा गरी राख्न सुझाव सुझावसमेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *