- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

- Advertisement -spot_img

मधु सूदन सुवेदी

हाम्रो धार्मिक परम्परा, वैदिक शास्त्र, संस्कृति र संस्कार अनुसार आजको दिनलाई ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा तीनै नामले पुकारिन्छ, चिनिन्छ, जानिन्छ, बोलिन्छ र थाहा पाइन्छ । हरेक वर्षको श्रावण शुक्लपक्षको पूर्णिमाका दिन यो विशेष धार्मिक पर्व पर्दछ र मनाइन्छ । जसरी भाद्र शुक्लपक्षको पञ्चमी तिथि महिलाहरुलाई अति महत्वपूर्ण मानिन्छ र ऋषिको पूजा गर्न गराउन लगाइन्छ ।
त्यसैगरीइ यो श्रावण महिनाको शुक्लपक्ष पूर्णिमा तिथिलाई पर्वका रुपमा मानिन्छ । यस्तो पवित्रा, धार्मिक, पावनी तक्षा वैदिक पर्वलाई हामी सबैले यी तीनै नामको गुण, विशेषता र कर्मका बारेमा जान्न र बुझ्न अति जरुरी छ ।
त्यसैले पनि आजको विषयवस्तु पनि यसैको सेरोफेरोमा रहेर विशेष चर्चा परिचर्चा तथा महत्वका बारेमा दर्शाउने जमर्को गरिदैछ । जो कुरा हामी सम्पूर्ण मानवका लागि पनि कल्याण छ ।

१. ऋणितर्पणी के हो ?

हामी सबै मानव कुनै न कुनै ऋषिका वंश अनुयायी वा कुल परम्परामा गाँसिएका छौँ, जोडिएका छौँ र समेटिएका छौँ । हाम्रो जात, थर, गोत्र वा प्रवर कुनै न कुनै ऋषिका नजिक छौँ, समीप छौँ वा सम्बनिधत छौँ । हाम्रो मानवका थर, गोत्र र प्रवर अनेकौँ भएपनि हाम्रा ऋषिहरु विशेषरुपले भन्नुपर्दा वा गन्नुपर्दा सात वा सप्तऋषिलाई विशेष महत्वले हेरिन्छ ।
हुन त यी सात ऋषिबाहेक अन्य पनि ऋषिहरु नभएको र नभनिएको भने होइन तर पनि विशेष रुपले भन्नुपर्दा (१) गौतम, (२) भारद्वाज, (३) विश्वामित्र, (४) जमदग्नी, (५) वशिष्ठ, (६) कश्यम् र (७) अग्नीकुमार ।
यी सातै ऋषिहरु अत्यन्त प्रसिद्ध ऋषिहरु हुन् । यिनको पूजा र आजा जुन ढंगले भाद्र शुक्लपक्षको पञ्चमी तिथिका दिन हिन्दू नारीहरुले विधिपूर्वक गंगामा स्नान गरी शुद्ध, पवित्र र चोखो भई गर्दैछन् ।
त्यसैगरी सम्पूर्ण वैद्धिक हिन्दू सनातन धर्मको पालना गर्ने र जनैधारण गर्ने सम्पूर्ण ताकाधारी पुरुषहरुले यसदिन श्रावणी पद्धति अनुसार गोठको माटो, तबेलाको माटो, हात्तीसारको माटो, राजद्वारको माटो, युद्ध भूमिको माटो, धराधाम,
तीर्थस्थलको माटो, हलोको माटो, तुलसी मठको माटो, यज्ञकुण्डको खरानी, गोबर, गहुँत, जौँ, तील, कुश, दुबो, बेलपत्र, पातिसहितका पुष्प तथा दतिवनको मञ्जन गरी महासंकल्प पढेर विधिपूर्वक स्नान गरी माथिका प्रसिद्ध सातै ऋषिहरुलाई जलाञ्जली (तर्पण) दिने गरिन्छ ।
यदि कोही कसैको बाबुआमा हुनुहुन्न भने ऋषिका साथमा आफ्ना पितृहरुलाई पनि तर्पण (जलदान) दिइन्छ । यदि बाबुआमा हुनुहुन्छ भने सप्तऋषिका नामले तीन–तीनपटक अञ्जली वा जलाञ्जली दिइन्छ ।
यसरी विधिपूर्वक स्नान गरी संकल्प र प्रतिज्ञासहित जलाशयमा तर्पण दिई सकेपछि सम्पूर्ण ताकाधारीहरु पायक पर्ने स्थानमा एउटै थलोमा जमघट भई विधिपूर्वक सप्तऋषिको पूजा गर्ने, सप्तऋषिहरुलाई स्थापना गर्ने, मार्जन गर्ने, वैदिक ऋचा, मन्त्र वा काण्डद्वारा ऋषिको पूजाआजा सम्पन्न गर्ने र आफ्ना अनेकौ संसर्गहरुद्वारा गरिएका पाप कर्मबाट पवित्र हुने इच्छा र कामना राख्ने गरिन्छ ।
यसो गर्नाले एक वर्षभित्रमा पुरुष मनुष्यहरुले मन, वचन र कर्मले गरिएका पापहरुबाट मुक्त हुनको लागि हाम्रा कुल, वंश, थर, गोत्र र प्रवरका मालिक ऋषिको भक्तिभावसहित पूजाआमा तथा शुद्ध कर्मको गति नै ऋषि तर्पणीमा आधारित स्नान, सन्ध्या, जप, तप, मार्जन र ऋषि भक्तिभाव हो ।

२. रक्षाबन्धन के हो ?

रक्षा भनेको कवच हो भने बन्धन भनेको शुत्र हो । आफ्नो देह रक्षाको लागि शरीरका पाखुरा, नाडी, घाँटी, कटी आदि स्थानमा धारण गरिने अत्यन्त पवित्र, शुद्ध र वैदिक मन्त्रद्वारा पुजीएको धागो वा डोरो नै रक्षाबन्धन हो । यो रक्षाबन्धनमा अनेकौं तर्क, कहानी, कथा, शास्त्र तथा मान्यताहरु जोडिएका छन् । जो कुरा सामान्य समय, स्थान, समय र भाषामा सविस्तार वर्णनको सम्भव छैन र हुँदैन ।
हामीले जान्नु बुझ्नुपर्ने कुरा के हो भने हाम्रो वैदिक परम्परा अनुसार हामीले आफ्नो नाडीमा बाँध्ने रक्षाबन्धन कस्तो हुनुपर्दछ ? त्यो जान्न र थाहा पाउन नितान्त जरुरी छ ।
हामीले आजै दिन विधिपूर्वक स्नान गरी ऋषि तर्पण तथा ऋषि पूजन गरी सकेपछि शुद्ध, पवित्र धागो काटेर बेसार, हलेदो, कचूर, पानीसरो, गाईको दही, सप्तमृत्तीका (सात ठाउँको पवित्र पाटो) दुबो, गोबर, गहुँत, रायो, सरस्युँ, गंगाजलसहितले मोलेर वा समिश्रण बनाएर विधिपूर्वक वैदिक ऋचाले मन्त्रेर बरुण देवताको पूजा गरेर (१००८) वा (१०८) पटक गायत्रीमन्त्रले फुकेर तयार पारिएको धागो रक्षा बन्धन हो ।
त्यो हेर्नलाई जस्तोसुकै होस् । त्यहाँ सुन्दरता र चमक, झमकको कुरै उठ्दैन । जसमा रक्षा गर्ने साधन र स्रोत मिसिएका हुन्छन् त्यो नै रक्षाबन्धन हो । देखाउन, सुहाउन वास्ना लिन वा सौन्दर्य प्रकट गर्न धागो बाँध्ने हो भने त त्यो इन्द्रेणी रङको हुनुपर्दछ ।
बासनादार हुनुपर्दछ र त्यसमा रातदिन बल्ने झिलिमिली बत्ती पनि हुनुपर्दछ । यस्तो धागो बाँधियो भने निकै चमकदार हुन्छ । इन्द्रेणी रङको इन्द्रेणी बत्ती बल्ने बासना पनि आउने र देख्ने वित्तिकै सौन्दर्य लागि हाल्ने र रङ पनि एकवर्षसम्म जस्ताको त्यस्तै रहने ।
यो अनि उत्तम हो तर यो फेरी कदापि रक्षा बन्धन हुँदैन । यो त भक्षाबन्धन वा भिक्षाबन्धन बन्दछ । आज हामीलाई यही भक्षाबन्धन वा भिक्षाबन्धन चाहिएको छ । हामीलाई हाम्रो शरीरमा कुन–कुन चिजले रक्षा गर्दछ ? त्यसको खोजी नीति नै छैन । कस्तो रङले सुन्दरता देखाउँछ


हामीले आफूले चाहेको धर्म, कर्म, नीति, नियम, विधि विधान बनाउनुभन्दा मान्दै नमाने त्यो दोष कारक हुँदैन । आज हामी पाइला–पाइलामा दोषी बन्दैछौँ । कदम–कदममा दोषी बन्दैछौँ । कर्म–कर्ममा दोषी बन्दैछौँ । धर्म–धर्ममा दोषी बन्दैछौँ । हामीलाई हरेक कुरा एकैदिन र एकैछिन औपचारिक निभाउनको लागि मात्र चाहिएको छ । गत साल जनैपूर्णिमाको दिन फेरेको जनै भोलिपल्ट कहाँ पुग्यो थाहा छैन ? फेरी आजकै दिन त्यहि जनै लगाउन आज मन लागेको छ ।


 कस्तो रङ उत्रिदैन ?

कुन रङको चमकदार हुन्छ ? कस्तो धागो बाँध्नाले हातको सजावट देखिन्छ ? यसका सबै भुलेको र झुलेको अवस्था छ । आजभोलि बेसार, गोबर, गहुँत, हलेदोमा मलेको र रङ्गाएको धागो बाँध्ने कोही छ ? कोही पनि छैन ?
तसर्थ जुन रक्षाबन्धन हो त्यो कसैले बाँध्दैनन् र जो सुन्दर बन्धन हो त्यो सबैले बाँध्छन् । तसर्थ यो आजको दिनमा किन बाँधिन्छ ? भन्ने प्रसंगको व्याख्या पगर्न निकै समय लाग्दछ । तर पनि आजको दिनमा बाँधने कस्तो खालको डोरो, धागो वा शुत्र रक्षा बन्धने हो ? त्यो कुरा जानकारी दिन खोजिएको हो । त्यो दिदै गर्दा आजको समयले त्यस्तो कवच प्रयोग नै गर्न चाहन्नन् ।

३. जनैपूर्णिमा के हो ?

कुनैपनि वैदिक, धार्मिक, यज्ञ, अनुष्ठान गर्नको लागि शरीर शुद्धिकरणको कर्म पछाडि कुरो आउँछ । जनैको वा यज्ञोपवित्रको । कुनै पनि पुरुषले आजको तिथिमितिमा विधिपूर्वक बाटेको, पुजेको र मन्त्रेको जनै लगाएन भने त्यो कर्मको कुनै फल मिल्दैन । शरीर नाङ्गो भएपनि जनै चाहियो । महँगा कपडा तथा गरगहनामा सजिएर पनि जनै अवश्य चाहियो ।
जनैधारण गरेपछि मात्र यज्ञस्थलमा बस्ने धार्मिक अनुमति प्राप्त भयो । त्यसैले आजको दिनमा ऋषिपुजनसहित विधिविधानले बाटेको, मन्त्रेको र पुजेको जनैधारण गर्ने दिन भनेकै कारणले पनि आजको दिनलाई जनै पूर्णिमा भनिएको हो । समग्रमा भन्ने हो भने विधिपूर्वक सन्ध्या, तप, तर्पण र ऋषिको प्रसाद स्वरुप जनैधारण गर्ने रक्षाबन्धन नै आजको अति विशिष्ट, वैदिक तथा धार्मिक कार्य हो ।
समयको गति र समयको परिवर्तनले हामीलाई अन्धोतुल्य बनाएको छ । न त हामीलाई आजको दिन ऋषि तथा पितृको तर्पण, पूजाआजा गर्ने समय पुगेको छ । न त आज हाामीलाई रक्षाबन्धनका लागि पवित्र र चोखो धागो काट्न र बाट्न समय पुगेको छ ।
न त आज हामीलाई रक्षाबन्धनको बारेमा जान्न र थाहा पाउन समय पुगेको छ । न त आज हामीलाई आफैलाई आफैले जनै बाट्न समय पुगेको छ । कुनै पनि कर्म र धर्मका लागि समय पुगेको छैन् । केवल बजारमा पाईने तयारी जनै तयारी धागो र तयारी मन्त्रसहित बाटो लागेर मानिसलाई व्यापारका रुपमा वा औपचारिकता जनाउने र मनाउने नाममा अग्रसर हुनुपरेको छ ।
आजको दिन नुहाउने समय कति लाग्ने ? ऋषितर्पण र ऋषिपुजनमा समय कति लाग्ने ? रक्षाबन्धन पुज्न समय लाग्ने र जनैको ॐ कार शिखा पुज्न र मन्त्रिन समय कति लाग्ने ? जनैका ६ वटै सराको पूजा र तन्त्रमन्त्रमा समय कति लाग्ने ? केही पनि थाहा, जिज्ञासा र संस्कारको बोध नै छैन ।
केवल सबैका घरमा ठीक (१०) बजे बिहान धागो बाँध्न पए र जनै छिराउन पाए पुग्यो । आजको दिन जस्तो तस्तो, जसरी, तसरी ठिक समयमा हातको नाडीमा धागो बेर्न पाए र छातीमा जनै भिर्न पाए अरु घाममा सुके–सुकोस् भन्नेमा हामी पुगी सक्यौँ ।
कसैले पनि विधि र नियम नचाहिने भयो । भिर्नेले पनि विधि र नियम खोज्दैन र भिराउनेले पनि बिधि र नियम खोजाउँदैन । खोज्ने र खोजाउने दुबै मिलेपछि हाम्रा पर्व पनि कसैले तयार पारिदिएको रेडिमेड धर्म र कर्म गर्न निकै उत्साहित छौँ ।
धागो बाँध्ने हो । जनै भिर्ने हो । तपसीलका कुरा घाममा सुकाउने हो । जान्नु पनि छैन । थाहा पाउनु पनि छैन । जनैमा कति सरा छन् ? कति शिखा छन् ? कसरी लगाउने, कसरी उतार्ने ? कुनै जानकारी छैन ? जनैका सराले के संकेत गर्दछ ?
जनैको शिखाले के संकेत गर्दछ ? यो भिरे के हुने? नभिरे के हुने ? त्यो पनि थाहा छैन । जनैको धारण गर्ने धर्म के हो ? त्यो पनि थाहा छैन । जनैको सपथ के–के हो ? त्यो पनि थाहा छैन । समय जस्तै वैदिक धर्म, वैदिक संस्कार र वैदिक सनातन परिमार्जन गर्ने र हुने कुरा होइन ।
ईच्छा लाग्छ वैदिक धर्ममान ईच्छा लाग्दैन वैदिक धर्म नमान । तर समय अुनकूल बनाउन र आफू अुनुकूल बनाउन यसको आयाम, ब्यायाम, विधि, नियम, नीति, संस्कार, धर्म, कर्म र मन्त्रलाई परिमार्जन गर्न पाइदैन ।
यो कसैका लागि बाध्यकारी छैन । यदि मान्छौ भने यसको फ्रेम र आयामभित्र बसेर मान । होईन भने ढाटेर, छलेर, बिगारेर, तिखारेर, बनाएर, परिमार्जन गरेर र बदलेर नमान ।
यो नै धर्मको निर्देशन र सिद्धान्त हो । हामीले आफूले चाहेको धर्म, कर्म, नीति, नियम, विधि विधान बनाउनुभन्दा मान्दै नमाने त्यो दोष कारक हुँदैन । आज हामी पाइला–पाइलामा दोषी बन्दैछौँ ।
कदम–कदममा दोषी बन्दैछौँ । कर्म–कर्ममा दोषी बन्दैछौँ । धर्म–धर्ममा दोषी बन्दैछौँ । हामीलाई हरेक कुरा एकैदिन र एकैछिन औपचारिक निभाउनको लागि मात्र चाहिएको छ ।
गत साल जनैपूर्णिमाको दिन फेरेको जनै भोलिपल्ट कहाँ पुग्यो थाहा छैन ? फेरी आजकै दिन त्यहि जनै लगाउन आज मन लागेको छ । आज लगाएको वा फेरेको जनै भोलिदेखि कुनै मतलब हुँदैन ।
अब २०७७ सालको जनै पूर्णिमामा फेरी भेट हुन्छ । यरी वर्ष दिनमा एकदिन भेट हुने जनै र जनैधारक पनि हामीमध्ये कोही छौँ । यसरी धर्मलाई मान्नुको जरुरी के ? धर्म मान्ने र जान्ने कसैका लागि हो र ?
यो त स्वयम् आफ्ना लागि होला केर । हामी आफ्नै लागि आफैले किन घात गर्दैछौँ ? यदि जानेका छौँ भने अरुलाई सिकाउँ । यदि जानेका छैनौँ भने अरुबाट सिकौँ । तर धर्मका नाममा वा कर्मका नाममा आफूले आफैलाई ठग्ने प्रयास नगरौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here