ऋणमा उद्यान

सम्पादकीय

सम्पादक
पर्यटकीय गन्तब्य समृद्धिका पहरेदार हुनु । यिनको विकास, संरक्षण र पूर्वाधारमा सबैले ध्यान दिनुपर्छ । स्थानीय स्तरले प्रयासमा बनेका पर्यटकीय तथा धार्मिक गन्तब्यलाई राज्यले पूर्णरुपमा ध्यान दिनुपर्छ । पर्यटकीय विकासले मात्रै पनि त्यस क्षेत्रको कायापलट गर्न सकिन्छ । तर दाङको आकर्षक पर्यटकीय स्थल अहिले ऋणमा डुबेको छ । तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यान पार्कमा अहिले पूर्वाधारको अभाव त छदै छ त्यसमा झन विगतको पूर्वाधारको ऋणले समेत उद्यान ऋणमा भासिएको छ । स्थापना भएको लामो समय हुँदा पनि सोचे अनुरुप पूर्वाधार निर्माणमा चासो नबढ्नु र भएको पूर्वाधारको समेत ऋण खेप्नुले उद्यान साच्चिकै समस्यामा देखिएको छ । पछिल्लो समय बार्षिक हजारौ आन्तरिक तथा बाह्य पर्यटकहरु पिकनिक तथा पार्क अवलोकनको लागि भित्रिने गरेको उद्यान ऋण र पूर्वाधारले सताइनु राम्रो पक्ष हैन । यसको पूर्वाधार विकास हुन नसक्दा यसले सोचे अनुरुपको फड्को मार्नसमेत सकिरहेको छैन ।
जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई पछि थकेल्ने भन्दा पनि अगाडि बढाउने अभियानमा लाग्नु पर्छ । उद्यानको विकास तथा प्रचारप्रसारमा सम्बन्धित निकायले खासै चासो नदिदा यसले गति लिन नसकेको पक्कै हो यसको यसको ब्यवस्थापन समिति र स्थानीय सरकारले सोच्चै पर्छ । स्थापना भएको लामो समयपछि आएर मात्र यसको गुरुयोजना (मास्टर प्लान) तयार पार्ने काम अन्तिम चरणमा पुगे पनि योजना तथा रकम नहुँदा पार्क अहिले पनि गतिहीन जस्तै बनेको छ । यसको सहीरुपमा पार्कले तुलसीपुरसँगै सिंगो दाङलाई राष्ट्रियस्तरमा चिनाउनमा मद्दत पुग्नेमा दुईमत छैन । तर पनि यो पार्क अवलोकनको लागि भित्रिने पर्यटकहरुको गन्तव्य स्थानको रुपमा मानिए पनि यसको उचित संरक्षण, पूर्वाधार विकास तथा स्पष्ट योजनाका साथै स्थानीय निकाय मौन बस्दा यसको गति पनि मौन जस्तै भएको देखिन्छ । यो मौनतालाई गति दिन तुलसीपुर उपमहानगरपालिका, पार्क व्यवस्थापन समिति तथा स्थानीय नागरिकहरुबाट यसको ध्यान हुनुपर्छ । पार्कलाई आवश्यक रकम व्यवस्थापन गरेर पार्कको पूर्वाधार विकासमा समेत लाग्न सक्नुपर्छ । पार्कभित्र रहेको उद्यान, पिकनिक स्पोर्टको समेत उचित व्यवस्थापन हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकले समेत सुविधा पाउन सकेका छैनन् । दाङका पर्यटकीय, धार्मिक, साँस्कृतिक, पुरातत्विक, स्थलको विकास, प्रवद्र्धन गर्न यहाँका राजनीतिक दल, सरोकारवाला निकाय, सरकार र पार्कका जिम्मेवार ब्यक्तिहरु चासोका साथ विकासमा लाग्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *