उश्रृङ्खलता रोक्न काग्रेसको निर्देशन

फिचर मुख्य खबर

दाङ, १८ साउन । नेपाली कांग्रेस दाङले पार्टी कार्यकर्ताहरुका देखिएको उश्रृङ्खल गतिविधि रोक्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । पार्टी सभापति कीर्तिबहादुर खड्काले सामाजिक सञ्जाल, चोक, गल्ली, चिया पसलमा हुने त्यस्ता गतिविधिहरुलाई रोक्न पार्टीले सबैलाई निर्देशन दिएको बताए । पार्टीभित्र अनुशासनलाई विशेष ध्यान दिईने गरी नीति समेत बनाइसकेको उनले बताए ।
आगामी दिनमा जिम्मेवार नेता, कार्यकर्ता एवं भातृभगेनी संघ संस्थामा आवद्ध ब्यक्तिहरुबाट उश्रृङ्खल गतिविधि नगर्न र नगराउन नेपाली कांग्रेस दाङका सभापति खड्काले निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ४ को शुक्रबार बसेको नियमित बैठकमा सहभागी पार्टी सभापति खड्काले पार्टी र पार्टीका विभिन्न तह र तप्कामा आवद्ध ब्यक्तिले उश्रृङ्खल गतिविधि गरेको पाएमा बाध्य भई अनुशासनको प्रक्रिया अगाडि बढाइने चेतावनी दिए ।
उनको उक्त निर्देशनलाई आधार बनाई नेपाली कांग्रेस दाङ क्षेत्र नम्वर ४ ले अनुशासनको प्रस्तावलाई पहिलो नम्वरमा पारित गरेको क्षेत्रीय सभापति जगतबहादुर खड्काले जानकारी दिए ।
क्षेत्रीय सभापति जगतबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले तुलसीपुरस्थित महानायक विपी कोइरालाको अर्धकदको शालिकलाई पूर्णकदमा राख्ने र भदौ महिनाभित्र अनावरण गर्ने र त्यसका लागि आर्थिक संकलनलाई तिव्र पार्ने निर्णय गरिएको छ ।
१० हजार रुपैयाँदेखि माथि आर्थिक सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखिने भएकाले आर्थिक सहयोगमा उत्साहपूर्वक जुट्न समेत आग्रह गरिएको छ ।
त्यस्तै हाल नेपाली कांग्रेस क्षेत्र नम्वर ४ को पार्टी कार्यालय रहेको जग्गा निःशुल्क उपलब्ध गराउनुहुने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाउँका स्वर्गीय फल्कुदत्त धिताल र स्वर्गीय ईन्द्रादेवी धितालका छोराहरु बामदेव धिताल,
देवराज धिताल, जानकीप्रसाद धिताल र हुमराज धिताललाई सम्मान गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव चूर्णबहादुर चौधरीले जानकारी दिए । धिताल परिवारले नेपाली कांग्रेस पार्टीका लागि २०५० पुस २२ गते १ कठ्ठा ९ धुर जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।
धिताल परिवारको सहयोगलाई उच्च सम्मान गर्दै धिताल परिवारलाई सम्मान गरिन लागेको सभापति खड्काले बताए । क्रियाशील प्रमाणपत्र साउनको मसान्तसम्म संकलन गरी जिल्ला कार्यसमितिमा पेश गर्ने निर्णय गरिएको सचिव चौधरीले जानकारी दिए ।
साथै शान्ति सुरक्षा, विकास र सुशासन प्रवद्र्धनका लागि नेपाली कांग्रेस दाङले जिल्लाका गाउँ टोलसम्म अभियान सञ्चालन गर्ने गरी तयारीमा जुट्ने निर्णयसमेत गरिएको छ ।
बैठकमा सहभागीहरु क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरुले पार्टीको हाताभित्र वृक्षारोपण गरेका छन् । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खीमबहादुर वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *