Tuesday, March 26, 2024
Homeफिचरउर्लिदो भेरीमा युवाको खेल पर्व

उर्लिदो भेरीमा युवाको खेल पर्व

- Advertisement -spot_img

सल्यान, २ भदौ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका स्थानीय युवाले आइतबार भदौ १ गतेलाई भेल खेल्ने चाडका रुपमा मनाएका छन् ।
देवस्थलको बनगाड खोलाको मोडदेखि अम्रासम्म ३ किलोमीटर पौडी खेलेर अम्राका २०/२५ जना युवाहरुले पौडी खेलेर घ्युया सक्रान्ति तिहार अथवा पौडी खेल्ने पर्व सधैका वर्ष जसरी यस वर्ष पनि मनाएको स्थानीय युवा दोर्ण एरीले जानकारी दिएका छन् ।
एरीका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइदै आएको छ । हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा बालबालिका जंगल पुगेर पिङको लागि कैयार (खर) काटेर ल्याउने चलन रहेको छ ।
कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिङ खेलेर रमाईरहेका थिए । जंगलबाट काटेर ल्याएको कैयार (खर) बुढापाका र युवाले संयुक्त रुपमा बाटेर पिङ निर्माण गर्ने बताईन्छ ।
भेरीमा युवाहरुले भेल खेल्दा पूण्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको यरिको भनाई छ । पछिल्लो पुस्ताले भेल खेल्ने पर्वलाई बिर्सिए पनि बुढापाकाहरु अझै भने यसको महत्व निकै रहेको बताउने गरेका छन् ।
अम्राका स्थानीय वृद्धहरुका अनुसार पहिले–पहिले टाढा–टाढाबाट भेरीमा भेल खेल्ने आउने गरेको बताए । तर आजभोलि यो पर्वलाई खासै महत्व नदिएको उनीहरुको भनाई छ ।
भाद्र संक्रान्तिका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको जनाएको छ । विगतजस्तै यसपालि पनि भेरी नदीमा भेल खेल्नको लागि देवस्थलको बनगाड खोलाको मोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए ।
उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा ‘चिन्ना’ बाँधेर उक्त भेलमा पसेका थिए । ठूलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदीमा डुबुल्की मार्दै उनीहरु भेलमा आनन्द लिरहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here