उफ ! गर्मी…

मुख्य खबर

घोराही, २ असार । दाङमा यो वर्षको अत्याधिक गर्मीको महशुस भएको छ । दाङमा अत्याधिक गर्मी हुँदा जनजीवन प्रभावित भएको छ । विगतका वर्षमा गर्मी मौसममा मध्यान्ह समयमा गर्मीको महशुस गरिन्थ्यो भने साँझ बिहान शितल महशुस हुने गथ्र्यो ।
तर केही समय यता दाङमा बिहानैदेखि सहिनसक्नु गर्मीको महुशस भएको छ ।
‘गर्मीको मौसम छ, गर्मी हुनु स्वभाविक नै हो’ घोराही चौघेराकी शर्मिला चौधरीले भनिन् ‘बिहानै शरीरमा लगाएको कपडा पसिनाले भिजेर फ्यात्त हुन्छ ।’
केही समय यता गर्मी बढ्दै गएको उनलाई महशुस छ । ‘विगतका वर्षमा दिउँसोको समयमा मात्रै गर्मी हुन्थ्यो, घामले पोल्थ्यो’ उनले भनिन् ‘हिजोआज बिहानै बाहिर निस्कन सकिन्न ।’
घोराही उपमहानगरपालिका–७ का रामप्रसाद चौधरी बिहान तरकारी, दूध बेचेर फर्किदा उनले लगाएको कपडा पसिनाले भिजेर धोएको जस्तो हुन्छ । ‘शुरुमा त शरीरमा पसिना आएको देखेर कुनै बिरामी भएको होकी जस्तो पो लागेको थियो’
चौधरीले भने ‘पछि अरुलाई पनि देख्दा गर्मी बढेको रहेछ भन्ने लाग्यो ।’ गर्मीले आएको पसिनाले शरीरमै ओभाउने र भिज्ने गरेको उनले बताए ।
गर्मीका कारण मानिसहरुमा भाईरल ज्वरो आउने, टाउको दुख्ने, शरीर पोल्ने, अल्छी लाग्नेलगायतका समस्याहरु देखिन थालेका छन् । गर्मी बढेका कारण जमिन तातिएको हुन्छ भने तातो वायु चल्ने हुँदा र घामले पोल्ने हुँदा मानिसलाई बाहिर हिडडुुल गर्न नै समस्या भएको छ ।
तातो वायुका कारण आँखा पोल्ने समस्यासमेत देखिएको छ ।
गत वर्ष दाङका ४० डिग्री सेल्सीयस तापक्रम मापन भएको थियो । विशेषगरी जेठको १५ गतेबाट असार मसान्तसम्म गर्मीको मौसम मानिन्छ । शनिबार दाङको तापक्रम ४० को हाराहारीमा पुग्यो ।
आइतबार दाङमा ३९ तापक्रम मापन गरिएको मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावा पानी फिल्ड कार्यालय घोराहीले जनाएको छ । भने न्यूनतम २५.० मापन गरिएको ।
मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी फिल्ड कार्यालय घोराहीका प्रमुख राजु मिश्रले दिनप्रतिदिन गर्मी बढ्दै गएको बताए । ‘पूर्वतिर पानी परिरहेको छ, पश्चिममा हल्का वर्षा भएको छ’
उनले भने ‘दाङ सेन्टरमा रहेकाले उम्सो बढ्दै गएकाले गर्मीको बढ्दै गएको हो । आजभोलिमा नै पानी पर्ने संकेत देखिएको उनले बताए । ‘गर्मी एकदमै बढेको छ’ उनले भने ‘आजभोलिमा नै पानी पर्नसक्छ ।’
पछिल्लो समयमा दाङमा जनघनत्व बढ्दै जानु, वन विनास हुनु, उद्योग कलकारखानाहरु अव्यवस्थित रुपमा सञ्चालनमा हुँदा गर्मी बढ्दै गएको उनले बताए ।
‘भौतिक संरचनाहरु दिनप्रतिदन निर्माण हुँदैछन्’ उनले भने ‘सवारी साधनहरु उत्तिकै रुपमा गुड्छन््, जसको प्रत्यक्ष प्रभाव वातावरणमा असर पर्छ ।’
प्रदूषण बढ्दै जाँदा पनि गर्मी बढ्ने गरेको उनले भने । यो समयमा अत्याधिक गर्मी बढ्ने र हावाहुरी चल्ने भएकाले सचेत रहन सुझावसमेत दिए । गर्मीका कारण खेतबारीमा लगाएका तरकारी,
मकैलगायतका अन्नबालीहरु सुकेका छन्  । गाई वस्तुहरु गर्मीको कारण प्रभावित भएका छन् । गर्मीकै कारण खोलानाला सुकेका छन् भने कुवाका पानीको सतह पनि घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *