- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजउपल्लो मुस्ताङ र कोराला नाका

उपल्लो मुस्ताङ र कोराला नाका

- Advertisement -spot_img

 के.बि. मसाल

अहिले गण्डकी प्रदेशमा पर्ने मुस्ताङ जिल्ला हिमाल पारीको जिल्ला हो । पवित्र कालीगण्डकीको शिर र हिन्दूको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले विदेशी मात्र होइन प्रत्येक बर्ष हजारौँको संख्यामा नेपालीहरु मुस्ताङ जिल्लाको यात्रा गर्दछन् । अहिले मुस्ताङ जिल्ला जानको लागि हवाई उडानको मात्र भर पर्न पर्दैन । पोखरा–बाग्लुङ हुँदै म्याग्दीको बेनीदेखि मुस्ताङ जिल्लाको लागि मोटरमार्ग खुलेको छ । धार्मिक पर्यटकहरुको लागि म्याग्दीको तातो पानीको स्नान गरेर मुक्तिनाथसम्मको यात्रा गर्नपनि सजिलो भएको छ । पोखराबाट बस चढेपछि नाउडाँडा, लुम्ले, बिरेठाटी हुँदै मोदीखोलाको किनारको सडकबाट पर्वतको सदरमुकाम कुश्मा बजारको बाटो प्राकृतिक दृष्य, काली र मोदीको नागबेली पानीको वेग, अनि नेपालकै पहिलो पुलको रुपमा निर्माण गरिएको कुश्मा वलेवा जोड्ने कालीगण्डकीको केवुल पुल, पर्वत र वाग्लुङ जिल्लाका अनगिन्ती ऐतिहासिक स्थल, हरिया डाँडाकाँडा अवलोकन गर्दै म्याग्दी जिल्लाको सदरमुकाम बेनी पुगिन्छ ।
म्याग्दीको सदरमुकाम बेनीबाट ७६ कि.मि.को दुरीमा रहेको जोमसोम जाँदा बाटोमा पर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्यााङ गाउँ र मुस्ताङ जिल्लाको घाँस, लेते, कोवाङ र मार्फा हुँदै जोमसोम पुगिन्छ । मुक्तिनाथ जाने सोच र उद्देश्य राखेर मुस्ताङ पुग्ने धेरै मानिसहरु मार्फा र जोमसोमको चहलपहललाई नै मुस्ताङ सझिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन् । मुक्तिनाथ हिन्दू तथा बौद्ध मार्गीहरुको लागि महङ्खवपूर्ण तीर्थस्थल हो । यो समुन्द्रको सतहदेखि ३ हजार ७१० मिटरको उचाईमा गोरङ्गा हिमालको फेदीमा रहेको छ । मुक्तिनाथ ५१ शक्तिपीठमध्ये एक पीठको रुपमा पूजाआजा स्नान र दर्शन गरिन्छ । बौद्धधर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा (Chuming Gyatsa) भनिन्छ । जसको अर्थ तिब्बतीय भाषाअनुसार एक सय आठ पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णुलगायत देवीलक्ष्मी र गरुड भगवानको मूर्ति राखिएको छ । सबै मूर्ति सुनले बनेका छन् । मुक्तिनाथ धार्मिक स्थलमा १ सय ८ धाराहरु छन् । ती धाराहरुमा सबै तीर्थ यात्रुहरुले नुवाउँछन् । सबै धाराहरुमा साडेको मुख आकृति रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन । टिवेटन धर्म दर्शन अनुसार गुरु रिन्पो चे ९च्ष्लउयअजभ० टिवेटन बुद्ध धर्मका जन्मदाता यही मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिवेट गएका भन्ने जनविश्वास गरेको छ । मुक्तिनाथको १ सय ८ धाराबाट निस्किएको पानीको स्रोत नै कालीगण्डकीको मुहान हो ।
कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुङ्गा शालिकग्राम पाइन्छ । जुन ढुङगालाई हिन्दूधर्ममा भगवान नारायणको साक्षत रुप मानिन्छ । संसारमा मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतङ्खव पाइन्छ । आगो, पानी, पृथ्वी, हावा र मुक्तिनाथको मन्दिरसँगै ज्वालादेवीको मन्दिर छ । यहाँको ज्वालामाई परापूर्व कालदेखि अहिलेसम्म निरन्तर रुपमा पानी माथि बलिरहेको छ । मुक्तिनाथमा कुनै महङ्खवपूर्ण प्रसाद इच्छा अनुसार चढाइने प्रचलन छ । त्यहाँ पुगेपछि आपूmले खाने गरेको खाद्य पदार्थमध्ये एक चिज छोड्ने प्रचलन छ । मुक्तिनाथसँग राजा मुकुन्द सेनको नाम पनि जोडिएको छ । मकवानपुरबाट पश्चिमको मात्रामा देवघाट, नवलपरासीको गैडाकोट हालको मौलाकाली, (चारधाम), पाल्पाको राज्य, बाग्लुङको कालिकादेवीको मन्दिर र मुक्तिनाथको धारा र मन्दिरसँग मुकुन्द सेनको नाम इतिहासले जोडेको छ । चाहे जे होस् मुक्तिनाथ यस्तो धार्मिक एवं पर्यटकीय स्थल हो । जहाँ लाखौँ मानिस प्रत्येक वर्ष पुग्ने गर्दछन् ।
नेपालका हिमनदीहरुमध्ये नेपालकै भूगोल मुस्ताङ जिल्लाको दामोदरकुण्डबाट सुरु भएको नदी कालीगण्डकी हो । जुन नदीको महिमा अन्य नदी भन्दा पृथक रहेको छ । काली गण्डकीमा पाइने शालिकग्रामको महङ्खव मानिन्छ । कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगी त्रिशुली नदीमा विलए भएपछि नारायणी बन्दछ ।
मुक्तिनाथ पुगेपछि उपल्लो मुस्ताङ अर्थात लोमाथाङ पुगेन भने मुस्ताङ जिल्लाको महङ्खव नै थाहा हुँदैन । उपल्लो मुस्ताङको जनजीवन, धर्म, संस्कृतिका बारेमा अध्ययन भएन भने मुस्ताङ जिल्ला पुग्नु र नपुग्नुले केही अर्थ हुँदैन भन्दा पनि हुन्छ । त्यतिमात्र होइन धेरै मानिसहरुलाई कालीगण्डकी नदीको उद्गम स्थलनै मुक्तिनाथ हो भन्ने भ्रम पनि छ । कालीगण्डकीको उद्गम स्थल दामोदरकुण्ड हो । जुन स्थल उपल्लो मुस्ताङमा पर्दछ । नेपालको नक्सामा स्वशासित तिब्बततिर फैलिएको अर्थात नक्सा हेर्दा टोपी लगाएको जस्तो देखिने भाग नै मुस्ताङ जिल्लाको उपल्लो क्षेत्र अथवा लोमाङन्थाङ हो । पुरानो संरचनामा उपल्लो मुस्ताङ लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेर गाउँ विकास थियो भने यतिखेर नयाँ संरचना अनुसार दालोमे गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा विभाजन भएको छ ।
प्राचीन कला संस्कृति, मानव बस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङको विशेषता हो । उपल्लो मुस्ताङमा गुम्वा र काचो माटोबाट निर्माण गरिएको घरहरु देख्न सकिन्छ । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट ८३ किमी उत्तर पर्ने लोमान्थाङमा कच्ची मोटरमार्ग पुगेको छ । पानी कम परेको बेला पोखरादेखि नै मोटरबाट लोमान्थाङ पुग्न सकिन्छ । लोमान्थाङ क्षेत्र मानवबस्तीको ऐतिहासिक स्थल मानिन्छ । अहिलेसम्मको अध्ययनले लोमान्थाङ ३ हजार बर्ष अगाडिदेखि नै तिब्बतसँग ब्यापार गर्ने नाकाको रुपमा विकास भएको क्षेत्र हो । अन्नपूर्ण हिमश्रृंखलाको पछाडि पर्ने हुँदा लोमान्थाङ क्षेत्रमा पानी कम पर्दछ । अहिले पनि मुस्ताङ जिल्लाका लोमान्थाङ क्षेत्रका मानिसहरु घोताङ नाका हुँदै तिब्बतसँग आफ्नो ब्यापार गर्दै आएका छन् ।

संसारमा मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ । आगो, पानी, पृथ्वी, हावा र मुक्तिनाथको मन्दिरसँगै ज्वालादेवीको मन्दिर छ । यहाँको ज्वालामाई परापूर्व कालदेखि अहिलेसम्म निरन्तर रुपमा पानी माथि बलिरहेको छ । मुक्तिनाथमा कुनै महत्वपूर्ण प्रसाद इच्छा अनुसार चढाइने प्रचलन छ । त्यहाँ पुगेपछि आपूmले खाने गरेको खाद्य पदार्थमध्ये एक चिज छोड्ने प्रचलन छ । मुक्तिनाथसँग राजा मुकुन्द सेनको नाम पनि जोडिएको छ ।


मुस्ताङ जिल्लाको तिब्बतसँग सीमामा पर्ने कोरला नाका समुद्र सतहदेखि चार हजार ६ सय ५० मिटरको उचाइमा पर्दछ । यो स्थल तिब्बती मैदानी पैठारमा अवस्थित छ । कोरला पासदेखि करिब १२ किलोमिटर वर छोन्हुपको नेचुङमा भन्सार कार्यालय छ । त्योभन्दा करिब २५ किलोमिटर टाढा लोमान्थाङमा सीमा प्रशासन र प्रहरी कार्यालय रहेको छ । पोखराबाट जोमसोम हुँदै कोरलापाससम्म पुग्ने सडक निर्माणधीन छ । कोरला नाकादेखि तिब्बततर्फ करिब ३० किलोमिटर ढुंगा बासेनसम्म कच्ची सडक पर्दछ । त्यहाँबाट तिब्बतको विकसित शहर सिगात्सेसम्म करिब ६ सय ५० किलोमिटर पक्की पिच सडक छ । कोरालादेखि नेपालतर्फ मुस्ताङसम्म करिब एकसय किलोमिटर सडकको ट्रयाक खुलेको छ । नवलपरासी जिल्लाको गैंडाकोटबाट निर्माणाधीन कालीगण्डकी करिडोर तिब्बतको सीमाना कोरला चार सय ३५ किलोमिटरको दुरी रहेको छ । निर्माणाधीन यो सडकमध्ये कालीगण्डकी करिडोरको काम दक्षिणतर्फबाट भइरहेको छ । नेपाल चीनको व्यापारिक सम्भावनाको हिसाबले तातोपानी र केरुङ नाकाभन्दा बढी सम्भावना भएको नाकाका रुपमा मुस्ताङको कोरला नाकालाई लिइन्छ । विश्वमा १० उत्कृष्ट स्थलहरुमध्ये नेपालको उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ । लिटिल टिब्बत भनेर विश्वलाई चिनाई राखेको उपल्लो मुस्ताङमा विदेशीहरुलाई सन् १९९२ देखिमात्र भ्रमणको लागी नेपाल सरकारले खुल्ला गरेको हो । अहिले उपल्लो मुस्ताङमा नेपालीहरुभन्दा पनि विदेशी पर्यटकहरु धेरै जाने गर्दछन् । दैनिक सयौँको संख्यामा पुग्ने विदेशी पर्यटकहरु लोमान्थाङका ऐतिहासिक स्थलहरुमा रमाउने गरेका छन् । लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरबार छ । राजा अम पालले सम्वत १४४० मा निर्माण गरेको लोमान्थाङ दरबार पाँच तलाको विशाल ऐतिहासिक भवन मानिन्छ । लोमान्थाङको ऐतिहासिक दरबार, गुम्वा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालकै साँस्कृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार ऐतिहासिक रुपले महङ्खवपूर्ण मानिन्छ । लोमान्थाङ दरबार मुस्ताङ्गी राजवंशको प्रथम राजा आमेपालको पालामा पन्ध्रौ शताब्दीतिर निर्माण भएको हो । यो दरवार १ मिटर चौडाई ६ मिटर अग्लो एल आकारको ८५६ मिटर लामो पर्खालभित्रको परिसरमा रहेको छ । यो पर्खाल पूरै काचो माटोबाट निर्माण गरिएको हो ।
सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको लोमान्थाङ दरबारको पर्खालमा पाँच कुना र बीच–बीचमा नौ मिटरका अग्ला बुर्जाहरु रहेको छ । लोमान्थाङ दरबारको पूर्वतिर एउटा मात्र प्रवेशको लागि गेट राखिएको छ । यसभित्र रहेका १५औँ शताब्दीतिर निर्माण भएका मोन्खर दरबार, थुप्तेन गुम्बा, छयोदेन गुम्बा, झ्याम्पाल गुम्बाहरु नै लोमान्थाङ् दरबारका आकर्षण ऐतिहासिक सम्पदा हो । स्थानीय भाषामा ‘लो’ को अर्थ हृदय वा मन हो । मानको अर्थ कामना र ‘थाङ्’को अर्थ मैदान वा फाँट हुन्छ । त्यसैले मुस्ताङ्गी राजाको प्रभाव जहाँसम्म हुन्छ त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्बा निर्माणको क्रममा पटक–पटक भत्किएपछि गुरु पद्यसम्वाको सल्लाह अनुसार पहिला उपल्लो मुस्ताङको चराङ मराङ भन्ने गाउँमा लोध्याकर गुम्वा निर्माण गरिएको इतिहास छ । तिब्बतका राजा ढिक्सुङ थक्चेनले आठौँ शताव्दीमा निर्माण गरिएको विश्वमै पुरानो मानिने गुम्बा, मान्हे र आसपासमा रहेका चैते, प्राचीनकालमा ढुङ्गाबाट निर्मित २१ राता बुद्ध, आठ आम्ची बुद्ध हेर्नको लागि हजारौँ विदेशी पर्यटकहरु उपल्लो मुस्ताङ जाने गर्दछन् । यो बाहेक उपल्लो मुस्ताङमा तिब्बतको झोङ्वासेन जिल्लासँग सीमा जोडिएको छोसेर, सुर्खाङ र छोन्हुप गाउँमा ऐतिहासिक गुम्बाहरु पनि रहेका छन् । बौद्धमार्गीहरुको लागि अध्ययन, अनुसन्धान गर्नको लागि उपल्लो मुस्ताङको भ्रमण अति उपयोगी मानिन्छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ दरबार र गुम्बाको अवलोकन गरेपछि पुग्नै पर्ने अर्को स्थल हो दामोदर कुण्ड । धार्मिक अथवा प्राकृतिक रुपले अति मनमोहक सुन्दर हिमाली श्रृंखलाको कुण्ड हो दामोदर कुण्ड । हिन्दूहरुको आस्थाको पवित्र कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो तालभन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ । जोमसोमदेखि करिव १२० किमी को दुरीमा रहेको दामोदरकुण्ड उपल्लो मुस्ताङको चराङको घारागाउँबाट दुई दिनको पैदल यात्रामा पुग्न सकिन्छ । घारा गाउँबाट दामोदर कुण्डसम्मको भूगोलमा मानवबस्ती नभएकोले त्यहाँ जाने जो कोहिले पनि सबै खाद्यान्नलगायत बन्दोबस्तीका सबै सामान साथमा लिएर जानु पर्दछ । तीर्थको लागि होस् अथवा भ्रमणको लागि दामोदर कुण्ड जानको लागि श्रावण र भाद्र महिना उपयुक्त मानिन्छ । अन्य समयमा हिमपात भै रहने हुँदा दामोदर कुण्ड जानको लागि कठिन मानिन्छ ।
स्याउको स्वादबाट मुस्ताङ जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा चल्ने गर्दछ । मुस्ताङको मार्फा, टुकुचे, कोवाङ, जोमसोम र कागवेनीलगायतका गाउँहरु स्याउ उत्पादनको दृष्टिकोणले उर्वरक्षेत्र मानिन्छ । हिमाली जिल्लामा अन्यत्र नलाग्ने अनौठो मेला मुस्ताङ जिल्लामा लाग्ने गर्दछ । मुस्ताङ जिल्लाको कोबाङको बोक्सीखोलामा चौरीको रगत पिउने मेला लाग्ने गर्दछ । कहिल्यै नदेखेका मानिसहरुका लागि अनौठो लाग्ने यो मेलाको दृष्यले सबैलाई रोमान्च र अनौठो लाग्ने गर्दछ । मुस्ताङ जिल्लामा यस्तो मेला बर्षको दुईपटक लाग्ने गर्दछ । बैशाख महिनामा बोक्सीखोलामा र साउन महिनामा मार्चे लेकमा लाग्ने गर्दछ । यो मेलामा चौरीलाई बाँधेर लडाई घाटीको मोटो नसा चक्कुले काटी रगत पिउने र पिउन दिने प्रचलन मुस्ताङ जिल्लामा छ । यसरी नसा काटिएको चौरीलाई स्थानीय जडिबुटीले तुरुन्त सञ्चो पारिने पनि गर्दछन् । यो मेलामा स्वदेशीभन्दा पनि विदेशीहरु पुग्ने र चौरीको रगत पिउने गर्दछन् ।
मुस्ताङ जिल्लामा सडक यातायात सञ्चालन भएपछि पर्यटकहरुको संख्या बढ्न थालेको छ । आन्तरिक धार्मिक पर्यटकहरुमा विभिन्न जिल्लाका संघ÷संस्थाका समूहहरु, विद्यालयका विद्यार्थी, धार्मिक आस्था राख्ने ब्यक्तिहरुले मुस्ताङ जिल्ला भ्रमण गर्ने लहर नै चलेको छ । विदेशीहरुमा भारतीय पर्यटकहरुको संख्या पनि सालिन्दा बढदै गएको छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या भने झनै वृद्धि हुँदै गएको छ । पोखरादेखि जोमसोमसम्मको हवाईयात्रा र पोखरा, पर्वत, बेनी हुँदै सडक यातायातबाट र कोही विदेशी पर्यटकहरु घोडेपानी, सिख, घार हुँदै पैदल यात्रामा पनि मुस्ताङ जिल्लामा जाने गर्दछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here