- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरउपलब्धिविहीन सय हप्ता

उपलब्धिविहीन सय हप्ता

- Advertisement -spot_img

तुलसीपुर,
तुलसीपुरलाई ‘क्लिन र ग्रीन’ बनाउने उद्देश्यले सुरु भएको ‘क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर’ सरसफाई अभियानको एकसयौँ हप्ता पुग्दा पनि बजारमा त्यसको प्रभाव र उपलब्धि शुन्यजस्तै देखिएको छ । ९९औँ हप्ता पूरा हुँदासम्म अभियान औपचारिकतामा मात्रै देखिएको टिप्पणीसमेत हुन थालेको छ ।
आज सयौँ  हप्ताको कार्यक्रम हुँदै छ । नेपाल सरकारका पूर्व मुख्य सचिव एवं बाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले उद्घाटन गरेको यो अभियान २०७३ भदौ ७ गतेदेखि सञ्चालनमा आएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाई र ब्यवस्थापनमा सुरु भएको अभियानले ५०औँ हप्तासम्म राम्रै उपलसब्ध हासिल गरेको अभियान्ताहरु बताउँछन् । तुलसीपुर उद्योग वाणिज्य संघले थालनी गरेको सरसफाई अभियानलाई जनप्रतिनिधि आइसकेपछि ५१औँ हप्ताको अवसर पारी तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने काम भयो र उपमहानगरले नाम परिवर्तन गरेर ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर’ नामाङ्करण गरेर यो अभियानलाई सञ्चालनमा ल्याएको थियो ।

अभियान हस्तान्तरण भईरहदा धेरै नगरबासीहरुले अभियानले सार्थकता पाउन सक्छ भनेर आँकलन गरे तर अहिले आउँदा यो अभियान हप्ताको एकदिन केही व्यक्तिहरुको मात्र उपस्थित हुने र सरसफाई गर्ने कामको रुपमा अघि बढेको पाइन्छ । कार्यक्रम अघि बढ्दै गर्दा सोचे अनुरुप सफल नभएको भन्दै विभिन्न किसिमका गुनासाहरु विभिन्न क्षेत्रबाट आउन थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि संघले आफ्नो भूमिका जनप्रतिनिधिलाई सुम्पेको थियो । अभियानका संयोजक विमल रिजालले संघले ५१औँ हप्तादेखि जनप्रतिनिधिलाई अभियान सुम्पेर आफूहरु सहयोगी मात्रै बनेको बताए । जनप्रतिनिधिहरुको सञ्चालन पछि अभियानले सुस्तता पाएको स्थानीय सरोकारवालाहरुले टिप्पणी गर्दै आएका छन् ।

तुलसीपुरलाई सरसफाईको क्षेत्रमा देशकै सुन्दर सहर बनाउने उद्देश्यका साथ सञ्चालनमा आएको यो अभियानले सोंचेजस्तो सफलता प्राप्त गर्न नसकेको प्रष्ट छ । सुरु सुरुमा सरसफाई अभियानमा धेरै क्षेत्रको सहभागिता रहेको देखिन्थ्यो तर पछिल्लो समय सहभागिताको हिसाबले समेत न्यून संख्यामा मानिसहरुको सहभागिता रहदै आएको छ । सरसफाईको चेतनाको विकास नगरबासीमा नहुँदा अभियान औपचारिकतामा मात्रै सीमित भएको पहिलो हप्तादेखि ९९औँ हप्तासम्म सहभागी हुने अभियानन्ता टोपबहादुर महतराले बताए ।  हरेक नगरबासीलाई आफ्नो घर सडक सफा बनाउनुपर्छ भन्ने सोंचले महङ्खव नपाउँदा र सरोकारवालाहरुको सक्रियता नहुँदा अभियान सेलाउँदै गएको उनले बताए । ‘अभियानले सोचेजस्तो सफलता हासिल गर्न सकिरहेको छैन’ उनले भने ‘अहिले अभियान बाध्यताको औपचारिकताजस्तो मात्रै छ । कतिपय नगरबासीले यो सबै फगत देखाउनलाई मात्र थालिएको अभियानको रुपमा लिने गरेका छन् ।

तुलसीपुरलाई सरसफाईको क्षेत्रमा देशकै सुन्दर सहर बनाउने उद्देश्यका साथ सञ्चालनमा आएको यो अभियानले सोंचेजस्तो सफलता प्राप्त गर्न नसकेको प्रष्ट छ । सुरु सुरुमा सरसफाई अभियानमा धेरै क्षेत्रको सहभागिता रहेको देखिन्थ्यो तर पछिल्लो समय सहभागिताको हिसाबले समेत न्यून संख्यामा मानिसहरुको सहभागिता रहदै आएको छ ।


सधै बजारको प्रमुख लाइनमा केन्द्रित हुने यो अभियान बजारकै गल्ली र कुनामा पस्न सकेको छैन । न त देखिने गरी उपलब्धि नै सार्वजनिक गर्न सकेको छ । सरसफाई गर्ने निकायले बजारको सडक, नालाको उचित व्यवस्थापन गर्नतर्फ ध्यान नदिएर अभियानको नाममा झारा काट्ने काम मात्र गरेको आरोप लाग्न थालेको छ । स्थानीय नगरबासीहरुले कतिपय अवस्थामा फोहरसमेत उठाउन नसक्ने नगरले सरसफाई अभियानको महङ्खव विस्तारै घट्दै गएको आरोपसमेत लाउन भ्याएका छन् ।

तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले सरसफाई अभियानलाई जनचेतनामुखी बनाएको र उपलब्धि निस्किने बताए । उनले अभियानसँगै अनुगमनको, अटेरी गर्ने, सरसफाईमा ध्यान नदिनेलाई कानुनी कारवाहीको समेत सुरुवात गरेको बताए । उपमहानगरले ५१औँ हप्तादेखि निजी क्षेत्रलाईसमेत समेटेर फोहर व्यवस्थापन गर्ने कुराको थालनी गर्ने तयारी गरेको बताए ।
सरसफाई अभियानका संस्थापक संयोजक विमल रिजाले ठूलो उद्देश्य बोकेर जोस जाँगर र योजनाका साथ अघि बढेको अभियान सेलाउन थालेको बताए । उनले आज त्यसले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताए । उनले अझै नगरबासीहरुलाई सरसफाईको महङ्खव बुझाउन आवश्यक रहेको बताए

तुलसीपुर उपमहानगरका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाहले सरसफाई अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । उपमहानगरले यसको लागि विविध कार्यक्रमहरुसमेत सञ्चालन गरिराखेकै छ तर नगरबासीहरुमा व्यवहार परिवर्तन आउन सकिरहेको छैन उनले बताए ।
वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेले अभियान सञ्चालनको जिम्मेवारी लिएपछि सरसफाईमा नगरबासीको चेतना फैलाउने काम भएको बताए । मूल्याङ्कन,अनुगमन र कार्यान्वयनको कुरामा केन्द्रित भएको भन्दै यसलाई सशक्त बनाइने बताए । विभिन्न टोलहरुमा सरसफाई समिति गठन भएका छन् उनीहरुले समेत यो अभियान सञ्चालनमा ल्याएका छन् यो ठूलो सफलता हो उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here