उपमहानगरले निःशुल्क विरुवा वितरण गर्ने

मुख्य खबर

तुलसीपुर, ३१ असार । तुलसीपुर उपमहानगरपालिकाले निःशुल्क विरुवा वितरण गर्ने भएको छ । साउन महिनालाई वृक्षारोपणको महिनाका रुपमा मनाउन लागेको उपमहानगरपालिकाले वृक्षारोपण गर्न चाहने हरेक संघसंस्थालाई निःशुल्क रुपमा विरुवा वितरण गर्ने भएको हो । ‘व्यक्तिले लिन चाहेमा ५० प्रतिशत छुट र संघसंस्थाका लागि निःशुल्क वितरण गरेका छौँ’ नगर प्रमुख पाण्डेले भने ।
तुलसीपुर उपमहानगरले नियमित रुपमा सञ्चालन गर्दै आएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुरको १५१औँ सरसफाई अभियानलाई सम्बोधन गर्दै उनले तुलसीपुरलाई सफा नगर र हराभरा नगरको रुपमा विकास गर्न यस्तो अभियान थालेका बताए । तुलसीपुरलाई हरियाली नगर बनाउने सबैको अभिभारा भएको भन्दै नगरबासीलाई दायित्ववोध गरेर काम गर्न आग्रहसमेत गरे ।
बजार व्यवस्थापनको काम विस्तारै अगाडि वढेको बढाउँदै छाडा चौपाया नियन्त्रणका लागि उपमहानगरले अन्तिम तयारी गरिरहेको समेत बताए । अभियानका क्रममा विभिन्न जातका ४० वटा बिरुवाहरु रोपिएको छ ।
विरुवाको व्यवस्थापन समाजसेवी टोपबहादुर महतराले गरेका थिए । उक्त अवसरमा वोल्दै वातावरण समिति संयोजक नवराज लामिछानेले अभियानका क्रममा साउन महिनाभर विरुवा रोपिने बताए । उनले विरुवा रोप्नुका साथै रोपिएको विरुवाका संरक्षणमा समेत ध्यान दिइने बताए ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए । अभियानमा, तुलसीपुर उद्योग वाणिज्य संघ, रोटरी क्लव अफ तुलसीपुर, रोट्रयाक्ट क्लव अफ तुलसीपुर, तुलसीपुर नगर जेसिज, भूतपूर्व प्रहरी संगठनलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *