Thursday, March 28, 2024
Homeमुख्य खबरउपमहानगरलाई राजमोको ज्ञापन पत्र

उपमहानगरलाई राजमोको ज्ञापन पत्र

- Advertisement -spot_img

तुलसीपुर, २७ जेठ
राष्ट्रिय जनमोर्चा दाङले जिल्लामा भएका विभिन्न गतिविधि र क्रियाकलापहरुमा आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । पार्टीले स्थानीय तहको प्रोफाइल र गुरुयोजनाको नाममा करोडौँको रकम दुरुपयोग भएको भन्दै स्थानीय तहमा ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउन थालेको छ । राष्ट्रिय स्वाधिनता र अखण्डतालाई जिम्मेवार निकायहरुले नै कमजोर बनाउँदै लगेको आरोपसमेत जनमोर्चाले लगाएको छ ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकालाई २८बुँदे ज्ञापनपत्र बुझाइएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको जिल्ला समितिको टोलीले उपमहानगरका प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो । नीति तथा आर्थिक अनुदानका कार्यक्रमहरु परादर्शी बनाउन माग ज्ञापन पत्रमा गरिएको छ । पार्टीले संस्थागत विद्यालयले तोक्ने शुल्क, पुस्तकलगायत विद्यार्थीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यसामाग्रीहरु सेवामुखी बनाउन आग्रह गरिएको छ । भ्रष्टचार, भ्रष्ट संरचना, संगठित संरचनाहरुलाई नियन्त्रण गर्न माग गरेको छ । ज्ञापनपत्र बुझाउँदै जिल्ला अध्यक्ष आचार्यले कृषि, प्रविधि स्वास्थ्य, प्रकोप, अव्यवस्थित औद्योगीकरणप्रति स्थानीय तहको ध्यानाकर्षण हुन आवश्यक भएको बताए । जिल्लामा हुने अस्तव्यस्त क्रियाकलापले जिल्लाको विकासमा अवरोध भएको प्रति पार्टीले सबैलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।
अवैधरुपमा हुने चोरी निकासी तथा उत्खनन्का कार्यहरुमा रोक लगाई नदी तथा खोलालाई संरक्षण गर्नुपर्ने बताइएको छ । जनताले चुनेका जनप्रतिनिधिहरुले आफूको लागि नभई जनताको हितका लागि काम गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कार्यशैलीलाई फेरबदल कतव्र्यमुखी भई सेवा प्रदान गर्नसमेत आग्रह गरिएको छ ।
समयावधिभित्र पूरा गर्नुपर्ने विकास योजनाहरु अलपत्र पर्ने अवस्थामा आएको अहिलेको राजनैतिक अवस्थाको कारणले भएको समेत बताइएको छ । विज्ञप्तिमार्फत पार्टीले जिल्लाको समग्र विकासको लागि सबै आ–आफ्नो स्थान र जिम्मेवारीबाट क्रियाशील भएर लाग्नुपर्ने उल्लेख गरेको छ । यदि आफूहरुको मागलाई बेवास्ता गरेमा आन्दोलनमा उत्रने चेतावनीसमेत छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here