- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयउपभोक्ता सजक बनौं

उपभोक्ता सजक बनौं

- Advertisement -spot_img

उपभोक्ताहरु आफूले उपभोग गर्ने प्रायः सबै बस्तुमा ठगिदै आएका हुन्छन् । खानेकुरादेखि लगाउनेसम्म उपभोक्तालाई ठगी गर्दै हालीमुहाली ब्यापारी कै हुन्छ । उपभोक्ताहरु निरहभन्दा केही हुन सक्दैनन् ।
उपभोक्ताहरु नियमित रूपमा जागरूक हुनसके बजारको सबै खालको विकृतिको अन्त्य हुने देखिन्छ । उपभोक्ता ठगिइरहने व्यवसायी मोटाई रहने अवस्थालाई सरोकारवाला निकाय र स्थानीय सरकारले ख्याल गर्नुपर्छ ।
तर पछिल्लो समयमा न त उपभोक्ता जागरुक देखिएका छन् न त नियमन गर्ने निकायको क्रियाशीलता नै देखिन्छ । यही अवस्था बजार र उपभोक्ताको रहिरहे बजार र उपभोक्ताको अन्तर भन्न नसकने गरी बढ्ने छ ।
दाङमा भर्खरै मात्रै स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उपभोक्ताको हकहित र बजारको अवस्थाको विश्लेषणमा जुटेको छ ।
वडामा स्वच्छता समिति गठनदेखि होटेलको स्तरीकरण, डेरी तथा फुटकर दूध ब्यवसायीको नियमनसम्मका योजनाहरु भइरहेको देखिन्छ । यसले बजार केही तताएर उपभोक्ताहरुलाई सजक बनाउने काम त गरेको छ ।
त्यतिले मात्रै व्यापारी, उपभोक्ताहरु सचेत भइहाल्ने पनि देखिदैन । स्थानीय सरकार जागरुक भयो भने मात्रै यस्ता अवस्थाहरुलाई सहजतातर्फ लैजाने हुन्छ । पछिल्लो समय बजार अनुगमनसमेत भएको छैन ।
वर्षमा एक पटक हुने सरोकारवालाको बजार अनुगमनले खासै प्रभाव पार्दैन । अनुगमनलाई नियमित गर्न सकेमा मात्रै त्यो प्रभावकारी र नियमनकारी हुने देखिन्छ ।
अहिले दूध तथा दूग्धजन्य पदार्थको गुणस्तरका विषयमा बहससमेत सञ्चालन हुन थालेको छ । सरकारले ल्याएको दूध तथा दूग्ध पदार्थ सम्बन्धीको निर्देशिका अनुसार सबैलाई सजक हुने र बनाउने अवस्था भइरहेका पछि गुण नियन्त्रण कार्यालयले दूधको स्वच्छताका लागि विशेष कदम पनि चालेको देखिन्छ ।
होटेल स्तरीकरणको पछिको यो प्रयासले निरन्तरता पाएका उपभोक्ताहरु पनि सुरक्षित हुने र व्यवसायीहरु पनि गलत गरेकै कारणले कारवाहीमा पर्ने देखिन्छ ।
बजारका वस्तुहरुमा सामन्य कुरामा पनि उपभोक्ताबाट निगरानी भएको देखिदैन । सामान किन्दा त्यो वस्तुमा हुनुपर्ने लेवल प्रायः सामानमा पाइदैन । पाइएकोमा पनि स्पष्ट देखिने नहुनुले उपभोक्ताहरुलाई व्यापारीहरुले घुमाउरो पारामा समेत ठगी गर्ने मनसाय प्रष्ट नै हुन्छ ।
म्याद गएका, प्रयोग गर्न नमिल्ले सामान बिक्रीका लागि राखेका, अत्यधिक विषादी प्रयोग भएका वस्तुहरु बजारमा छ्याप्छ्प्ती छन् । त्यसलाई उपभोग गर्दा उपभोक्ता सजह हुने र सामान्य जानकारी मात्रै पनि लिन सकेमा धेरै सुरक्षित हुने अवस्था आउँछ ।
नियमनकारी निकायले पनि यसतर्फ बढी निगरानी गर्दै गलत गर्नेलाई हदैसम्मको कानुनी कारबाही गर्न सक्नुपर्छ । भने उपभोक्ताहरु पनि जागरुक हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here