- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरउपनिर्वाचनको विषयमा छलफल

उपनिर्वाचनको विषयमा छलफल

- Advertisement -spot_img

घोराही, १० भदौ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको विषयमा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले छलफल गरेको छ ।
उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्नो पक्षमा मत ल्याउनको लागि रणनीति योजना बनाएर अगाडि बढ्नु पर्ने बताएका थिए । छलफलमा सहभागी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वडाका प्रत्येक टोल–टोलमा जिम्मेवारी दिएर सक्रिय हुन सुझाव दिएका थिए ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १६ को आयोजनामा भएको छलफलमा नेपाली कांग्रेस दाङका पूर्व सभापति विर्केश्वरी गौतमले आगामी उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले इमान्दारितापूर्वक अगाडी बढेमा निर्वाचनमा जीत हासिल हुने बताएका थिए । उपनिर्वाचनमा जसले टिकट पाएपनि सबैले एकमत भएर सहयोग गर्नुपर्ने बताएका थिए ।
आगामी १४ गते हुने आसन्न उपनिर्वाचनमा सांगठनिक अवस्थाको बारेमा गहिरो छलफल गरेर रणनीति योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भूपबहादुर डाँगीले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुलाई टोल–टोलमा लिखित जिम्मेवारी दिन सुझाव दिएका थिए । कमजोर क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडी बढ्न सुझाव दिएका थिए ।
नेपाली कांग्रेस घोराही नगर सभापति मनोज बुढाथोकीले अहिलेको चुनाव नेपाली कांग्रेसको प्रतिष्ठा रहेकाले यसलाई बिशेष ख्याल गर्न सुझाव दिएका थिए । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका साविक वडा नम्बर ९ का सभापति तुलसी रानाको अध्यक्षतामा छलफल भएको थियो ।
छलफलमा नेपाली कांग्रेसका सदस्य यज्ञ वली, क्षेत्रीय उपसभापति भगतसिंह भण्डारी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका साविक वडा नम्बर १ का सभापति सुरेश पछाई, नेपाल महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, पार्टीका नेताहरु गिरबहादुर बस्नेत,
बाबाराम विश्वकर्मा, सुशील बस्नेत, चर्तुमान डाँगीलगायतले बोलेका थिए । छलफलको सहजीकरण नेपाली कांग्रेस घोराही उपमहानगरपालिका साविक वडा नम्बर १ का इकाई सचिव राजिव पछाईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here