- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसम्पादकीयउपकरण प्रयोगमा ल्याऔं

उपकरण प्रयोगमा ल्याऔं

- Advertisement -spot_img

जिल्लामा रहेका ठूला अस्पतालहरुमा बर्षाै अघि भित्र्याइएका उपकरणहरु प्रयोगविहीन अबस्थामा रहेको सार्वजनिक भएको छ । जिल्लामा नभएको सेवा विस्तार गर्ने उद्देश्यले ल्याइएका उपकरणहरु लामो समयसम्म पनि सञ्चालन आउन नसक्नु राम्रो पक्ष हैन । अस्पतालले विभिन्न बहाना बनाएर अस्पतालमा भएको सेवालाई पनि सञ्चालन गर्न सकेका छैनन् । वर्षाैदेखि सेवा नदिएर उपकरणहरु अस्पतालमा थुपारेर प्रयोगबिहीन बनाउनुलाई सम्बन्धित निकायले ध्यान दिनुपर्छ । उपकरणहरुलाई थन्काउने हैन उपयोगमा ल्याउनुपर्छ । उपकरणहरु उपयोगमा ल्याउन सकेमात्रै यहाँका नागरिकले सेवा पाउने र स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको केही भएपनि अन्त्य हुनेछ ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर र क्षेत्रीय आयुर्वेद औषधालय विजौरीमा रहेका महत्वपूर्ण उपकरणहरु अहिले सञ्चालनमा आउन सकेका छैनन् । अस्पतालहरुमा आइसीयु, एनआइसीयुलगायतका सेवा सञ्चालन भएका छैनन् । भने आयुुर्वेदमा समेत औषधी उत्पादनका लागि ल्याइएका उपकरण र अन्य प्रयोजनका लागि ल्याइएका सबै उपकरणहरु सञ्चालन भएका छैनन् । बालबालिका र गम्भीर बिरामीका लागि आवश्यक आइसीयु सेवा उपकरण भएपनि सञ्चालन हुनसकेको छैन । तीन÷चार वर्षदेखि अस्पतालको स्टोरमा थन्काइएको छ । अस्पताल प्रशासनले पनि विभिन्न बहाना बनाएर अहिलेसम्म ति सेवा सञ्चालन ल्याएको छैन । अति आवश्यक उपकरणसहितको सेवा सञ्चालन नहुँदा अस्पताल उपचार थलो भन्दा पनि रिफर सेन्टरको रुपमा रहदै आएको छ । भने गम्भीर प्रकृतिका बिरामीलाई हेर्दै नहेरेर जिल्ला बाहिर पठाउने अवस्थाले छोडेको छैन । अस्पतालमा भएका उपकरणहरु सञ्चालनका लागि जनशक्ति नभएको अस्पताल प्रशासनको दाबी छ । यो दाबीले मात्रै पनि यो समस्याको निकास आउँदैन । स्वास्थ्य विभागले कम्पनीमा पनि आवश्यक जनशक्तिहरु अस्पतालमा उपलब्ध गराउन सक्नुपर्छ ।
अस्पतालहरुमा रहेका उपकरण र सामग्रीहरुलाई प्रयोगमा ल्याउनुपर्छ । अस्पताल, विभाग र मन्त्रालयले यसमा चासो दिनुपर्ने अवस्था आएको छ । राज्यको उपकरण खरिदमा ठूलै लगानी भएको छ । भने उपकरणसहितको अस्पतालमा सेवा सञ्चालन भए नागरिकहरु समेत लाभाम्वित हुनेछन् । विभिन्न बहानाभन्दा पनि उपकरणलाई प्रयोगमा ल्याउने तयारी निकायले अब गर्नैपर्छ । उपकरणको प्रयोगबाट नागरिकले स्वास्थ्य सेवा पाउन थाले भने र सेवा दिन सकियो भने जिल्लाको स्वास्थ्य सेवासमेत प्रभावकारी बन्ने थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here