घोराही, २३ मंसिर । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना व्यवस्थापन इकाई नेपालगञ्जको आयोजनामा कृषक समूह र सहकारीका सदस्यका लागि उपआयोजना व्यवस्थापन तालिम घोराहीमा सुरु भएको छ ।
तालिम दुई दिनसम्म सञ्चालन हुने आयोजनाले जनाएको छ । आयोजनासँग योजना सम्झौता भएपछि उपआयोजना सञ्चालन प्रक्रिया, गरिनु पर्ने कार्य, समूह सहकारीले गर्नुपर्ने कार्यलगायतका विषयमा जानकारी दिइनेछ । तालिममा समूह र सहकारीका गरी १४ वटा समूहका दुईजनाका दरले सहभागिता रहेको छ । जसमा माहुरीपालन, च्याउ खेती, च्याउकको बिऊ, मसुरो, लसुन, खुर्सानी शित भण्डारका लागि सम्झौता गरेका कृषक समूहका प्रतिनिधिहरु रहेका छन् ।
तालिमका प्रशिक्षकहरुमा साना तथा मझौला कृषक वृद्धि आयोजनाका मुल्य श्रृंखला विज्ञ दीपेन्द्र जोसी, आयोजनाका जिल्ला अनुगमन अधिकृत हरि शर्मा रहेका छन् । तालिम उद्घाटनमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना व्यवस्थापन इकाई नेपालगञ्जका प्रमुख गोकर्णराज अर्याल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाललगायतले कृषकहरुलाई योजनाको सफल कार्यान्वयनका लागि अगाडि बढ्न आग्रह गरेका थिए ।
कृषकहरुलाइ सहयोग पु¥याउने उद्देश्यले यसप्रकारको आयोजना सञ्चालन भएकाले सदुप्रयोग गरेर अगाडि बढ्नु पर्ने उनीहरुको भनाइ रहेको थियो । कार्यक्रमको सहजीकरण आयोजनाका जिल्ला अनुमन अधिकृत हरि शर्माले गरेका थिए ।