- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरउद्योगले गरेको प्रतिवद्धताहरु कार्यान्वयन भएन

उद्योगले गरेको प्रतिवद्धताहरु कार्यान्वयन भएन

- Advertisement -spot_img

देउखुरी, १५ असार । शनिबार सम्राट सिमेन्टले आयोजना गरेको सम्राट सिमेन्टको वातावरणीय प्रभाव मूल्याङ्कन लागि सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले सम्राट सिमेन्ट उद्योगले गरेको प्रतिवद्धताहरु कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।
स्थानीयहरुले कम्पनी सञ्चालन गर्दा बाटो मर्मत, बाटो ग्राभेल, गाउँमा खानेपानी लगायतका विकासे योजनाहरु क्रमिक रुपमा पूरा गरिदिने प्रतिवद्धता गरेको स्थानीयहरुले बताए ।
सम्राट सिमेन्टले गरेका प्रतिवद्धताहरु भाषण मात्रै सीमित हुन पुग्यो । सम्राट सिमेन्टमा दैनिक ओहोरदोहोर गर्ने टिप्परहरुले धुलो उडाउँदा कमानपुरका स्थानीयहरु आजित भएका छन् ।
उक्त उद्योगले कमानपुरको भित्री बाटोमा ट्याङ्करबाट पानी हालिदिने बताए पनि आलटाल गरेको स्थानीयको गुनासो छ । उद्योगका विरुद्धमा केही आवाजहरु उठाए प्रहरी प्रशासन लगाउने स्थानीयहरुले बताए ।
कमानपुरमा सम्राट सिमेन्ट उद्योग सञ्चालनमा आउँदा गाउँमा पनि रोजगार, व्यापार फस्टाउने आशा बोकेका स्थानीयहरु अहिले निरास बनेका छन् । त्यहाँ भएका स्थानीय युवाहरुलाई योग्यता अनुसारको रोजगार दिने पटक–पटक सहमति भएपनि टाठाबाठा पहुँचवालाले मात्र रोजगार पाएको ईश्वरीसिंह ठकुरीले बताईन् ।
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले स्थानीय युवाहरुलाई रोजगारीको लागि उद्योगसँग आग्रह गर्दै गाउँका स्थानीय युवाहरुलाई रोजगारमा जोड्न सम्राट सिमेन्ट उद्योगका संचालकलाई आग्रह गरे ।
सम्राट सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्द तिमिल्सिनाको अध्यक्षता, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा शनिबार सम्राट सिमेन्टको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
कार्यक्रममा लमही नगरपालिका उपप्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीलगायतले बोलेका थिए ।
सम्राट सिमेन्ट उद्योगका महानिर्देशक बासुदेव पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सम्राट सिमेन्टका प्रशासन शाखाका किरण शाहले गरेका थिए । कार्यक्रममा वातावरणविद् डा.माधव गिरीले कार्यक्रमको बारे र उद्योग सञ्चालन गर्दा पर्ने असरबारे जानकारी दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here