उदाहरणीय तुलसी परियार

सम्पादकीय

जीवनमा शिक्षा सबै भन्दा महत्व हुन्छ । मानिस शिक्षित भएमा मात्रै सबै क्षेत्रमा उसलाई सहजता हुने पक्का हो । कतिमा पढाईले र कतिमा पराइले शिक्षा आर्जन हुन्छ । पढाइको शिक्षाले सबै ठाउँमा आफ्नो भूमिका तयार पार्न सक्छ भने पराईको क्षेत्रले सिकाईलाई मात्रै देखाउन सक्छ । अहिले राज्यले पनि प्रारम्भिक शिक्षालाई निशुल्क बनाइदिएको छ । नेपालको संविधानमा स्वास्थ्य र शिक्षालाई बढि महत्व दिइदै आएको छ । कक्षा १० सम्मको औपचारिक शिक्षा राज्यले निःशुल्क गरे पनि सबैको पहुँचमा अझै पुग्न सकेको भने देखिदैन । कतिपय इच्छा हुँदा हुँदै पनि शिक्षाबाट बञ्चित हुनु परेको छ । उमेर समुहले धेरै नै प्रभाव पार्दे आएको छ । विद्यालय पढ्ने उमेरमा औचारिक शिक्षा लिने बातावरण नबन्दा धेरैको इच्छा अधुरो भएको हुन्छ । तर दाङमा त्यस्ता धेरै उदाहरणहरु देखिएका छन उमेरले पढाईलाई छेक्दैन भनेन । यसमा अझ महिलाहरु बढि नै छन । त्यसको एउटा उदाहरण हो तुलसीपुर १० राइखलियानमा रहेको पशुपति प्रावि जहा आफ्नी कान्छी छोरीसंग एक महिनाले कक्षा १ मा पढ्ने साहास देखाएकी छन ।
तुलसीपुर उपमहानगरपालिका ६ गोलौराकी ३० वर्षिया तुलसी परियार कक्षा एकमा भर्ना भएर औपचारिक शिक्षा लिन सुरु गरेकी छन । सशस्त्र द्वन्द्वको समयमा पराइले निखारिएकी तुलसी अहिले पौपचारिक क्षिक्षाका लागि विद्यालय जानु सबैको उदाहरण मात्रै बनेकी छैन । पढन चाहेमा उमेरले हैन इच्छा गन्तब्यमा पु¥याउछ भन्ने देखाइदिएकी छन । तीन दशक पारगरेकी तुलसी कक्षा एकमा पढ्न सुरु गरे पछि उनले अहिले परिचय नै फेरिदिएकी छन । भने अन्य आमाहरुलाई पनि विद्यालयसम्म ल्याउने वातावरण समेत निर्माण भएको छ । पाँच सन्तानकी आमा तुलसीको यो सहास र आटलाई सलुट गर्नै पर्छ । धेरै उमेर ढल्कीएका महिलाहरुलाई औपचारिक शिक्षा लिन समस्या नै हुन्छ । परिवार, श्रीमान समाज र आफन्तहरुकै कारण समस्या हुनेगरेको छ । यो अवस्थामा तुलसीले घर परिवार र श्रीमानबाट पाएको हौसला मनन योग्य छ । जसका कारण तीन दशक काट्दा पनि उनको पढने इच्छा पुरा हुदै छ । यो बातावाराण सबै घरमा आउन सके शिक्षाको पहुँचबाट टाढा रहेका महिलाहरुमा शिक्षा आर्जनको चाहना पुरा हुने छ । यस्ता आमाहरुको लागि राज्यले पनि विशेष रुपमा सोचेर अध्ययनको वातावरण तयार गरिदिनु पर्छ । दाङकै घोराही र लालमटियामा आमाहरुका लागि केहि सामाजिक ब्यक्तिहरुले विद्यालयनै खोलेर सञ्चान गरिरहनु भएको छ । तर ति विद्यालयहरुको पछिल्लो समय ब्यवस्थापकीय अवस्थामा समस्या देखिनुले आमाहरुका विद्यालयका लागि राज्यलेको चासो नदिएको होकी भन्ने देखिनु राम्रो हैन । राज्यलेनै सबै नागरिकलाई शिक्षक बनाएर पढ्न पाउने ब्यवस्था गरिदिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *