उत्पादनशील शिक्षामा लगानी

मुख्य खबर

देउखुरी, २९ कार्तिक । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी लगाउन सरकारले प्राथमिकतामा राखेको बताएका छन् । एन प्याब्सन दाङको आयोजनामा प्राथमिक तह जिल्लास्तरीय बृहत खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सांसद शर्माले शिक्षाको विकासबाट समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।
प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रममा एन प्याब्सनका प्रदेश ५ का अध्यक्ष सुबोध कुमार डाँगी, प्रदेशका सदस्य टोपेन्द्र खनाललगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक विक्रान्त ज्ञवालीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए । कार्यक्रम एन प्याब्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *