उत्खनन् रोक्न माग गर्दै आन्दोलन

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, २७ जेठ
आफूहरुको जमिनलाई असर पुग्ने गरी ग्वारखोलाबाट गिट्टी, ढुंगा, बालुवा निकासी हुने काम नरोकिएको भन्दै तुलसीपुर–१२ का स्थानीयहरु आन्दोलित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा पर्ने रझेना, रझेनी, हरीपौरा, हरीपौरी र बाँसबोटका स्थानीय जग्गाधनीहरुले पाँच÷छ दिन यता आफूहरुको खेती गर्ने जमिनमा सिंचाई गर्ने कुलाहरुमा असर पुग्ने गरी साथै खेतीयोग्य जमिन कटान हुने गरी गिट्टी, ढुंगा, बालुवा उत्खनन् तथा निकासी हुने काम भैरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने माग गर्दै स्थानीय नागरिकहरुले तुलसीपुर उपमहानगरपालिका प्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा पर्ने रझेना, रझेनी, हरीपौरा, हरीपौरी र बाँसबोटका स्थानीय जग्गाधनीहरुले पाँच÷छ दिन यता आफूहरुको खेती गर्ने जमिनमा सिंचाई गर्ने कुलाहरुमा असर पुग्ने गरी साथै खेतीयोग्य जमिन कटान हुने गरी गिट्टी, ढुंगा, बालुवा उत्खनन् तथा निकासी हुने काम भैरहेको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने माग गर्दै स्थानीय नागरिकहरुले तुलसीपुर उपमहानगरपालिका प्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।


आइतबार तुलसीपुर उपमहानगरपालिका कार्यालयमा सयौँको संख्यामा पुगेका उनीहरुले उपमहानगरपालिका प्रमुखलाई त्यस क्षेत्रमा भैरहेको गिट्टी, ढुंगा, बालुवा निकासीलाई तत्काल रोक्न पहल गरीदिन माग गर्दै निवेदन पेस गरेका हुन् ।
उनीहरुले आइतबार नै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा समेत बिगत केही दिन यता ग्वारखोलामा भैरहेको उत्खनन् कार्यलाई तत्काल रोक्न पहल गरिदिन अनुरोध गर्दै निवेदन समेत पेस गरेका छन् । आइतबार उपमहानगरपालिका परिसरमा सयौँको संख्यामा उपस्थित भएका त्यसक्षेत्रका स्थानीयहरुले यो विषयमा वडा कार्यालयलाई जानकारी गराउँदासमेत कुनै पहल नगरेको भन्दै आफूहरु डेलिगेसनको लागि उपमहानगरपालिका र ईलाका प्रहरी कार्यालय आउनुपरेको बाँसबोट टोल विकास समितिका अध्यक्ष धनराज गौतमले बताए ।
स्थानीय कुल बहादुर वलीका अनुसार केही दिन यता दुईवटा स्काभेटर र नौवटा टिप्परहरुले दिनरात स्थानीयहरुको खेतीयोग्य जमिनमा सिंचाई हुने कुलोलाई समेत असर पुग्ने गरी ग्वारखोलाबाट गिट्टी, ढुंगा, बालुवा निकासी गरिरहेको र स्थानीयहरुले खेती गर्नै जमिनसमेत कटान हुनसक्ने कुरालाई कुनै प्रवाह नगरी उत्खनन् र निकासी गरिरहे पनी प्रशासन र जनप्रतिनिधि मौन रहेको भन्दै आफूहरुले उक्त कार्यलाई तत्काल रोक्नु पर्ने भन्दै उपमहानगरपालिका र ईलाका प्रहरी कार्यालयमा निवेदन पेश गरेको उनले बताए । साथै तत्काल सम्वन्धित निकायबाट उक्त क्षेत्रमा भैरहेको उत्खनन् क्षेत्रको अनुगमन गरी रोक्न उनीहरुले मागसमेत गरेका छन् । स्थानीय अशोक चौधरीका अनुसार स्थानीय कृषकको सयौँ विगाह जमिनलाई सिंचाई हुने कुलोलाई असर पुग्ने गरी तथा खेतीयोग्य जमिन नै कटान हुने गरी उत्खनन् हुँदासमेत स्थानीय प्रशासन र स्थानीय तह र जनप्रतिनिधिहरु समेत मुकदर्शक बन्नु गलत भएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *