- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरउत्कृष्ट बजेटका लागि अनुगमनः मन्त्री चौधरी

उत्कृष्ट बजेटका लागि अनुगमनः मन्त्री चौधरी

- Advertisement -spot_img

हापुरे, १३ मंसिर । प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले आगामी बर्षको बजेट निर्माणका लागि अनुगमन गरिरहेको बताएका छन् । बबई गाउँपालिकाले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । गतबर्ष निर्माण गरेको बजेट पनि ब्यबहारिक रहेको बताउँदै मन्त्री चौधरीले प्रदेशका सबै जिल्ला र प्रत्येक क्षेत्र एवं स्थानीय तहको अनुगमन गरेर बस्तुस्थितिका बारेमा जानकारी लिने काम भइरहेको बताए । दाङको बंगलाचुली र राजपुर गाउँपालिका बाहेक सबै स्थानीय तहको अनुगमन गरेको बताउँदै मन्त्री चौधरीले प्रदेश सरकारका काम केही बर्षमा देखिने दाबी गरे ।
विनियोजन गरेका योजना पनि कार्यान्वयनमा नगएको गुनासो बढिरहेको समयमा जसरी पनि सबै काम फत्ते पार्ने बताए । यस्तै बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पश्चिम दाङलाई नेपालगंजसँग जोड्ने सडक निर्माणका लागि पहल गर्न आग्रह गरे ।
यसैबीच मन्त्री चौधरीले दंगीशरण र बबई गाउँपालिकाका विभिन्न खानेपानी तथा सिंचाई आयोजनाको अनुगमन तथा निरिक्षण गरेका छन् । त्यस अवसरमा मन्त्री चौधरीसँगै प्रदेश सांसद ईन्द्रजित चौधरी, उत्तरकुमार ओली, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, दंगीशरण अध्यक्ष भागीराम चौधरीको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here