उत्कृष्ट टोल पुरस्कृत

समाज

घोराही, २४ असार । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले वडाभित्र रहेका टोल विकास संस्थाहरुलाई पुरस्कृत गरेको छ । सरसफाई, नियमित बैठक, सामाजिक काममा अग्रसर, वडाका काममा सक्रियता देखाउने टोल विकास संस्थाहरुलाई वडा कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।
वडाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट ७ टोल विकास संस्थालाई पुरस्कार गरेको छ । नव प्रतिभा टोल विकास संस्था प्रथम, सगरमाथा टोल विकास संस्था द्वितीय र तृतीय टोल विकास संस्थाको रुपमा नव जलजलालाई पुरस्कृत गरेको छ ।
त्यसैगरी संगम टोल विकास संस्था, नयाँबस्ती आश्रम टोल विकास संस्था, लालीगुराँस टोल विकास संस्था र सरस्वती टोल विकास संस्थालाई सान्त्वना पुरस्कार दिइएको छ । क्रमशः १० हजार, ७ हजार ९ सय, ५ हजार र सान्त्वनालाई दुई÷दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
पुरस्कृत तथा सरसफाई सम्बन्धी छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाई र विकासको नेतृत्व गर्ने नै टोल विकास संस्था भएको बताएका छन् । आफ्नो टोल कस्तो बनाउने र कुन ढंगको विकास गर्ने ? भन्ने जिम्मा टोल विकास संस्थालाई हुने उनीहरुको भनाई छ ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण र छलफल गरिएको हो । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका सरसफाई शाखाका प्रमुख पे्रम केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *